समाचार

चुनाब आउदै गर्दा किन सुनिदैछन यस्ता घटनाहरु

By थाहा अनलाइन

November 14, 2017

,

सैघाली खबर, भोजपुर २८ कात्तिक।

भोजपुर प्रदेशसभाका उम्मेद्वार समेत रहेका एमाले नेता शेरधन राईलाई लक्षित गरी बम प्रहार भएको छ । गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै भएको बम प्रहारमा राईका अंगरक्षक डिल्ली देवकोटा घाइते भएका छन् । पूर्वसूचना तथा सञ्चारमन्त्री राइसहित नेता कार्यकर्ता चढेको गाडीमा बम हानिएको हो । बम कसले हान्यो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले भोजपुरले जनाएको छ । थप अनुसन्धान र आक्रमणकारीको खोजीकालागि प्रहरीले टोलि खटाएको बताएको छ । यसअघि रोल्पामा माओवादी नेता वर्षमान पुन र रुकुममा जनार्दन शर्मालाई पनि लक्षित गरी बम आक्रमण भएको थियो ।