कोरोना भाइरसले चीनमा बिहीबार मात्रै ११६ जनाको मृत्यु



काठमाडौं । चीनको हुबेई प्रान्तमा बिहीबार पनि कोरोना भाइरसले महामारी उस्तै रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

सिन्ह्वाका अनुसार हुबेई प्रान्तमा बिहीबारमात्रै ११६ जनाको मृत्यु भएको छ भने ४ हजार ८२३ जना नयाँ बिरामी देखिएका छन् ।

कम्तिमा ५२ हजार अहिलेसम्म कोरोनाबाट संक्रमित छन् । यसअघि बुधबार एकैदिनमा २४२ जनाको मृत्यु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्