आर्थिक समृद्दीका लागि महिलालाई तालिम



टेकबहादुर पुन, दाङ्ग । लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले वडा अन्तर्गतका ६० जना महिलाको लागि ३ महिने सिलाई कटाई तालिम शुरु गरेको छ । वडाका महिलालाई सीप प्रदान गरि प्रत्यक्ष आम्दानी सँग जोड्न तालिमको आयोजना गरिएको वडाध्यक्ष मोहन गिरीले बताए । सीप भएपछी जहीकतै रोजगारको अबसर मिल्ने भन्दै वडाध्यक्ष गिरीले आर्थिक समृद्दी पनि हुने र जसले गर्दा पारिवारिक सन्तुष्टि मिल्ने कुरामा जोड दिए ।

उनले सीकेको सीपलाई ब्यबहारमा लागू गर्दै आर्थिक आम्दानी तर्फ अग्रसर रहन सबै सहभागीलाई सुझाब दिए । वडाको हसनापुर, बनघुस्री र नयाबस्ती गरि ३ ठाउँमा एकैपटक सिलाईकटाई तालिम शुरु भएको छ । जसले गर्दा वडा अन्तर्गतका महिलाको लागी दिर्घकालिन रुपमा टेवा पुग्ने र आर्थिक समृद्दी हुनेमा बिश्वास गरिएको छ ।

वडा कार्यालयको २ लाख ७५ हजारको लागतमा सबैलाई पायक पर्नेगरी ३ ठाउँमा तालिम शुरु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ का वडा सदश्य राधा केसीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्ने सहभागी हरुले सीप प्रदान गर्न सिलाईकटाई तालिमको आयोजना गरेको भन्दै वडा कार्यालय प्रती खुसी ब्यक्त गरे ।

रेश्मा चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा वडा सदश्यहरु केदार चौधरी, सुनमाली बिक, कुलबहादुर बुढा मगर लगायतका बक्ताले बोलेका थिए । कार्यक्रमको सहजिकरण वडाका वडासचिब अच्युत ज्ञाँवलीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्