सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु



सुनसरी, काभ्रे, कैलाली, कञ्चनपुर र धादिङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

सुनसरी, धरान उपमहानगरपालिका(५ ठिङगाबारीस्थित सडकमा किसान चोकबाट ठिङगाबारीतर्फ जाँदै गरेको को।५ त ७८४३ नम्बरको ट्याक्टरबाट लडदा ट्याक्टरको पछाडिको चक्काले किची सोही ठाउँ बस्ने ४२ वर्षीय बुद्धराज लिम्बुको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

काभ्रे, पनौती नगरपालिका(१० दाहालटारस्थित सडकमा बा।२७ प ९३४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार धुलिखेल नगरपालिका(१२ फस्कोट बस्ने २१ वर्षीय संजिब तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

कैलाली, लम्कीचुहा नगरपालिका(५ चौरीस्थित सडकमा रोकी राखेको सुदूर पश्चिम प्रदेश ०१(००१ च २६६० नम्बरको पिकअप गाडीबाट खस्दा सोही ठाउँ बस्ने जनक चन्दको छोरा १८ महिनाको टेनिश चन्दको मृत्यु भएको छ । गाडीमा पछाडी खेलिरहेको अवस्थामा गाडीबाट खसेर गम्भीर घाइते भएका उनको स्थानीय लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो ।

कञ्चनपुर, पुनर्वास नगरपालिका(१० चकमेली पुल नजिक से।६ प १७११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका(११ बेला बस्ने २३ वर्षीय शिवराज रानाको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ ।

धादिङ, बेनिघाट रोराङ गाउँपालिका(५ चरौदी पुलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले प्रदेश नम्बर ३(०२(०१४ प ३९८९ नम्बरको स्कुटरलाई शुक्रबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोलखुम्बु मुग्ली गाउँपालिका(१ घर भई काठमाडौं बस्ने २२ वर्षीय प्रकाश बस्ने तको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार काभ्रे खहरे पाँगु गाउँपालिका(८ घर भई हाल काठमाडौं महाराजगंज बस्ने २४ वर्षीय सनिस थापालाई मलेखु अस्पताल हुँदै थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौं पठाइएको छ ।

ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्