कांग्रेस सांसदको निधनपछि प्रधानमन्त्रीको सम्बोधन रोकियो, भोलि हुने



काठमाडाैं । प्रधानमन्त्री केपीशर्मा ओलीले आज संसदमा सम्बोधन नगर्ने भएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आग्रहमा प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने आजको कार्यक्रम स्थगित गरेका हुन्।

कांग्रेस सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि कांग्रेसले प्रधानमन्त्रीलाई सम्बोधन नगर्न आग्रह गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार विहान ११ बजे प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने जानकारी दिए। थापाका अनुसार सांसद उपाध्यायको निधनपछि आज हुने भनिएको सम्बोधन स्थगित गरिएको हो।

संघीय संसद राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनको सूचना कांग्रेसले संसद सचिवालय र सभामुख अग्नि सापकोटालाई जानकारी गराएको छ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले सांसद उपाध्यायको शुक्रबार बिहान निधन भएको जानकारी गराइएको बताइन् ।

उनले कार्यव्यवस्था परामर्श समितिमा पनि उक्त कुरा राख्ने जानकारी दिइन्। बहालवाला सांसदको निधन भएकाले शुक्रबार २ बजेका लागि बोलाएको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने जानकारी सभामुख निकट स्रोतले जानकारी दिएको छ। संसद सचिवालयका सचिव गोपलानाथ योगीका अनुसार बहालवाला सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित गर्ने निर्णय यसअघि भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्