जिपको ठक्करबाट ड्युटीमा रहेका प्रहरी असईको मृत्यु



काभ्रेको साँगामा एउटा बोलोरो जिपको ठक्करबाट ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ ।

काठमाडौंबाट बनेपातर्फ गइरहेको बा १९ च १३२३ नम्बरको बोलेरो जिपको ठक्करबाट प्रहरी चौकी साँगामा कार्यरत प्रहरीका असई तेजबहादुर गुरुङको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी गुल्म काभ्रेमा दरबन्दी भइ साँगा प्रहरी चौकीमा कार्यरत असई गुरुङलाई बोलेरो जिपले कार्यालय अगाडि नै ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविकुमार पौडेलले बताए । असई गुरुङ नवलपरासीको त्रिवेणी–८ का स्थायी बासिन्दा हुन् ।

एसपी पौडेलका अनुसार ठक्कर दिने बोलोरो जिपका चालकलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिमा रहेको बोलोरोले आफ्नो नियन्त्रण गुमाउँदा दुर्घटना भएको देखिएको एसपी पौडेलले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्