संहिता विपरित चुनावी प्रचारमा दलहरु



 

गिरिराज नेपाली  घोराही १९ जेठ ।

‘ भनिन्छ ‘मुलुकको मुल नीति नै राजनिति हो ।’ तर उनै राजनितिक दलहरुले आफ्ना लागिआफैले बनाएको कानुनलाई आफैले परिपालन नगरेको पाइएको छ । जित्ने होड्वाजीमा दलहरुले चुनावी आचार संहिता विरोधी कार्यहरु गरिरहेका छन् । दोस्रो चरणको निर्वाचनको सरगर्मी वढ्ेसंगै दलहरुले निर्वाचन आचार सहिंता गतिविधिहरु उलंघन गर्ने क्रम बढ्दो छ । सामाजिक संञ्जाल त्यसको एउटा नमुना हो । यसले निर्वाचन आचार संहिता कानुनी किताव र वखानगर्ने पाटो जस्तो मात्रै होकि भन्ने आभास भइरहेको छ ।

uml photo

स्थानीय निर्वाचन आचार संहिता ०७३ ले सवारी साधनहरुको वढि प्रयोग , वालवालिकाहरुको प्रयोग , भोज भतेर , खुल्ला विरोध सभा , मोटर साईकल ¥याली , वला पेन्टिङ , ठुलाठुला पम्प्लेट वितरण , ठुला व्यानर प्रयोग , चर्को ध्वनी प्रदुषण र अनावश्यक फजुल खर्च जस्ता कार्यहरु निर्वाचन आचार संहिता विपरितका कार्य भनि उल्लेख गरेको छ ।

तर दलहरुले आफ्नो प्रचार प्रशारमा त्यही गरिरहेका छन् । जो निर्वाचन आचार संहिता विपरितको ठाडो उलङघन भएको मुख्य निर्वाचन अधिकृत कार्यालय दाङले जनाएको छ । निर्वाचन आचार संहित ०७२ र स्थानीय निर्वाचन आभार संहिता ०७३ ले कुनै दलको उमेदवारले चुनावी प्रचार प्रसारक लागि वढिमा दुई वटा हलुका ४ पाङग्रे सवारी साधन र २ वटा मोटर साईकल प्रयोग गर्न पाईने , वालवालिकाको प्रयोग नगर्ने , चुनावलाई लक्षित गरि सभा , जुलुस , मोटरसाईकल ¥याली जस्ता कार्यहरु गर्न गराउन नहुने नीतिगत व्यावस्था छ ।

तर दाङको हकमा त्यो लागु भएको छैन । दर्जनौ दर्जन मोटर साईकल प्रयोग , सांगेतिक कार्यक्रम, वालवालिकाको प्रयोग , रात्रिकालिन सभा र भोजभतेर जस्ता कार्यहरु हुँदै आएको सामाजिक सञ्जालहरुले स्पष्ट हुन्छ । मुख्य निर्वाचन अधिकृत चुडामणि खड्काले निर्वाचन आचार संहिता विपरितका कार्य गरेको पाइएमा कारवाही हुने चेतावनी दिएका छन् ।

उनले भने कसैले ‘चुनावी प्रचारका लागि मोटर साईकल ¥याली , वालवालिका प्रयोग , रात्रीकालिन सभा गरी अनावश्यक फजुल खर्च तथा तडक भड्क गर्न पाईदैन ।’ आचार संहितमा तोकिए वमोजिम सवारी प्रयोग ,वढिमा ७५ मिलिग्राम सम्मको व्यानर प्रयोग गर्न सकिने खड्काले स्पष्ट पारे ।

उनले उपमहानगरपालिका प्रमुख वा उप–प्रमुखले ५ लाख ५० हजार सम्म र गाँउपालिका तथा वडा अध्यक्षहरुले २ लाख ५० हजार रुपैया खर्च गर्न पाउने निर्वाचन आचार संहितामा उल्लेख रहेको जानकारी दिए ।

तर दलहरुले चुनाव प्रचार खर्चका लागि लाखौ लाख रुपैया खर्च गर्ने गरि होडवाजी चलिरहेको छ । त्यस्तै विहान ८ वजे देखि वेलुका ७ वजे सम्म मात्रै चुनावी प्रचार गर्न पाईने व्यावस्था भएपनि त्यस विपरितका गतिविधि हुँदै आएका छन् ।

मुख्य निर्वाचन अधिकृत चुडामणि खड्काले निर्वाचन लाई शान्ती , सद्भाव र नागरिक मैत्री वनाउने जिम्मेवारी दलहरुको पनि रहेकाले दल विशेषको चुनावी प्रचारका लागि सामाजिक र्र्र्इश्खलन हुने र आचार संहिता विग्रने गरी कसैले पनि काम गर्न नहुने वताए ।

कसैले पनि आचार संहिता विपरित कार्य गर्न नहुने स्पष्ट पार्दै विधिले दिएको अधिकार मात्रै प्रयोग गर्न उनले सचेत तुल्याएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्