ए डिभिजन लिगमा उपाधि लागि आज त्रिभुवन र मछिन्द्र भिड्दै



काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेलमा आज त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्दैछन् ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । आज हुने अन्तिम खेलले लिग विजेता टोलीको टुङ्गो लगाउनेछ ।

लिगले आज नयाँ क्लबलाई च्याम्पियनको रुपमा पाउन लागेको हो । दुवै टिमले अहिलेसम्म घरेलु लिगको उपाधि जित्न सकेका छैनन् ।

लिगमा आर्मी र दोस्रो स्थानको मछिन्द्र अन्तिम खेल जित्दै उपाधि जित्ने दाउमा छन् । लिगको अन्तिम खेल बाँकी रहदा मछिन्द्र आर्मी भन्दा एक अंकले पछि रहेको छ ।

त्यसैले उपाधि जित्न अन्तिम खेलमा मछिन्द्रलाई जित्नै पर्ने दबाब रहेको छ । बराबर र हारले मछिन्द्र च्याम्पियन बन्ने छैन ।

आर्मीको २९ अंक रहदा मछिन्द्रको २८ अंक रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्