‘सरकारको दुई वर्षको समीक्षा : आक्रामक योजना, फितलो कार्यान्वयन’



काठमाडौंबाट शनिबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक/फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । वुहानबाट नेपाली ल्याइदैं , कोरोनाले कार उत्पादन बन्द लगायतका विभिन्न राजनीतिक, आर्थिक र समाजिक क्षेत्रक विषय आजका पत्रपत्रिकाहरुमा समाचार छापिएका छन् ।

नयाँ पत्रिका दैनिकले ‘सरकारको दुई वर्षको समीक्षा स् आक्रामक योजना, फितलो कार्यान्वयन’ शीर्षकमा समाचार लेखेको छ । समाचारमा नयाँ पत्रिकाले लेखेको छ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको करिब दुईतिहाइ बहुमतको सरकारले दुई वर्ष पूरा गरेको छ । संघीयता कार्यान्वयनको चुनौती सामना गर्दै महत्वाकांक्षी योजनाका साथ अघि बढिरहेको सरकारले जनआकांक्षाअनुरूप परिणाममुखी काम भने गर्न सकेको छैन ।प्रधानमन्त्री केपी ओलीले दुई छिमेकी देशसँग रेलमार्गबाट जोडिनेदेखि ध्वजाबाहक पानीजहाज समुद्रमा कुदाउनेसम्मका महत्वाकांक्षी नारा अगाडि सार्दै कार्यकालको सुरुवाती दिनमा निकै चर्चा बटुले । तर, दुई वर्ष सकिँदासम्म उनका आकर्षक योजनाले अपेक्षाकृत आकारसमेत लिन सकेका छैनन् ।पानीजहाजको सपना कार्यालयमै कैद छ । रेलको उपलब्धि सुस्त गतिमा छ । अरू धेरै मुद्दामा पनि सरकारको प्रस्तुति कमजोर देखिएको छ । सरकार गठन भएलगत्तै सुरु भएका कतिपय राम्रा कामले पनि निरन्तरता पाउन सकेका छैनन् ।

नयाँ पत्रिका दैनिकले नेपाल कम्युनिष्ट पार्टी ।(नेकपा)नेतृत्वको करिब दुई तिहाईको सरकारले २ वर्ष पूरा गरेको समाचार प्रकाशित गरेको छ । संघीयता कार्यान्वयनको चुनौती सामाना गर्दै महत्व्कांक्षी योजनाका साथ अघि बढिरहेको सरकारले जनआकांक्षा अनुरुप परिणाममुखी काम भने गर्न सकिरहेको छैन ।प्रधानमन्त्री केपी ओलीले दुई छिमेकी मुलुकसँग रेलमार्गबाट जोडिनेदेखि राष्ट्रिय ध्वजावाहक पानीजहाज समुन्द्रमा कुदाउनेसम्मका महत्वकांक्षी योजना अगाडि सार्दै कार्यकालको शुरुवाती दिनमा निकै चार्चा बटुले । तर दुई वर्ष सकिँदासम्म उनका आकर्षक योजनाले अपेक्षाकृत आकार समेत पाउन सकेको छैन ।

नागरिक दैनिकले ‘सर्वोच्चले अख्तियारलाई भन्यो, नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको रु’ शीर्षकमा समाचार लेखेको छ । समाचारमा नागरिक लेखेको छ, सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर नहुनुको लिखित कारण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको एकल इजलासले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेता तथा पूर्वप्रधानमन्त्री नेपाल र समाजवादी पार्टीका नेतूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर नगर्नुको लिखित कारण १५ दिनभित्र पेस गर्न आदेश दिएको हो।ललितानिवासको सरकारी जग्गा दुरुपयोगमा अख्तियारले एक सय ७५ जनालाई विपक्षी बनाउँदै माघ २२ गते विशेष अदालतलमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। मन्त्रिपरिषद्को नीतिगत निर्णय भन्दै अख्तियारले तत्कालीन प्रधानमन्त्रीहरू नेपाल र भट्टराईलाई सफाइ दिएको छ।

नागरिक दैनिकमा कानुन अभाव, अधिकार प्रत्योयोजनमा ढिलाई र तीन तहका सरकमारबीच समन्वय नहुँदा प्रदेश सरकारको २ वर्ष अलमलमै बितेको समाचारलाई छ । राजनीतिक परिवर्तनपछि नयाँ जोशका साथ स्थापना भएको सरकारले राम्रा कार्यक्रम घोषणा गरेको भएता पनि कार्यान्वयन पक्ष निकै फितलो रहेको गुनासो छ ।

अन्नपूर्ण दैनिकमा चीनबाट शुरू भएको नोवेल कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा विश्व अर्थतन्त्रको विस्तार कमजोर हुने देखिएको समाचार छ । वस्तु निर्यातको जगमा फैलिएको चिनियाँको अर्थतन्त्रमा यो महामारी ठूलो अभिशाप बनेको छ । मानवीय क्षति त छँदैछ, अर्थतन्त्र पनि चौपट हुने संकेत देखिएको छ ।महामारीको समाधान नभए विश्वभर सवारीसाधन इन्धन बन्द हुन सक्छ । वस्तु उत्पादनमा ‘चिनियाँ कच्चा वस्तु उपयोग गर्ने र चीनमै उद्योग राखेर वस्तु उत्पादन गर्ने क्रमले पछिल्लो दशकमा व्यापकता पाएको छ । चीन तथा त्यहँको उत्पादन प्रणालीमा आवद्ध अन्य देशका उद्योग, व्यवसायमा पनि समस्या देखिन थालेको छ ।सवारीसाधन निर्माणमा चीनबाट कच्चा पदार्थ आपूर्तिको विकल्प उत्पादकहरुसँग छैन । ९० प्रतिशत भन्दा बढी पार्टस् आपूर्ति चीनबाटै हुन्छ । चीनबाट पाट्स प्राप्त गर्न नसकेपछि जापानको कार निर्माण कम्पनी निसानले फ्याक्ट्री आपत्कालीनको लागि बन्द गरेको छ ।त्यस्तै दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले चिनियाँ पार्टस् अभावमा गत साता फ्याक्ट्री बन्द गरेको छ । चीनसँग सम्बन्धि विश्वका अन्य विभिन्न कम्पनी समेत बन्द भएका छन् । कोरोना विश्व अर्थतन्त्रमा कहर बनेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्