यस्तो छ आजको मौसम पूर्वानुमान हेर्नुहोस्



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको अवस्थाबारे पूर्वानुमान जारी गरेको छ । महाशाखाले पूर्वानुमानमा हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको उल्लेख गरेको छ ।

हाल देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

शनिवार दिउँसो भने देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

महाशाखाका अनुसार राति देशको पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्