गाउमा पुग्यो सरसफाई अभियान



दिपक बोहरा,तुलसीपुर २८ कात्र्तिक ।
तुलसीपुरमा जारी सरसफाइ अभियान ग्रामिण क्षेत्रमा पनि पुग्न थालेको छ । आज मंगलबार ६५औं हप्ताको अभियान तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीमा पुगेको छ । बिजौरीको क्याम्पस चोकबाट शुरु भएको अभियान मानपुरचोक हँुदै हाडमे चोकसम्म पुगेर समापन गरिएको थियो । तुलसीपुर १८ का अध्यक्ष माधव वलीको अध्यक्षता एबं तुलसीपुर उपमहानगरका मेयेर घनश्याम पाण्डेको प्रमुख अतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै मेयेर पाण्डेले बजारमा मात्रै केन्द्रीत भएको अभियान गाउमा पनि पु¥याईने बताए ।

कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिर बहादुर रावत,पूर्ब अध्यक्ष बिमल रिजाल, नागरीक समाज दाङका संयोजक टीकाराम रेग्मी,स्थानीय उद्योगी, ब्यबसायी, सर्बसाधारणलगायतको सहभागीता रहेको थियो ।

बिजौरी उद्योग बाणीज्य संघका अध्यक्ष मुकेश वलीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सुचना अधिकारी झरेन्द्र खरेलले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्