राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधी सर्बोदय माध्यामिक विद्यालय सिसहनियाँलाई



ओमप्रकाश गुप्ता, सिसहनियाँ । दाङको राप्ती गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा सर्बोदय माध्यामिक विद्यालय सिसहनियाले २५ पदक जित्न सफल भएको छ । गत माघ २८ गतेदेखि सुरु भएको माध्यामिक तथा आधारभूत विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा उत्कृष्ट खेल प्रदर्शन गर्दै सर्बोदय स्कुल यस वर्षको रनिङ शिल्ड हात पार्न सफल भएको हो ।

सर्बोदय माध्यमिक विद्यालयले १० स्वर्ण, ९ रजत र ६ कास्य गरी २५ पदक हात पार्दै प्रथम भएको छ । त्यस्तै ज्ञानोदय माध्यामीक विद्यालय पत्थरगढवाले १० स्वर्ण, ६ रजत र ३ कास्य गरी १९ पदक हात पारेर दोस्रो भएको छ । भने माध्यामिक विद्यालय मौरीघाट ५ स्वर्ण, ३ रजत र ५ कास्य गरि १३ पदक हात परेर तेस्रो भएको छ ।

साथै मुनलाईट सेकेन्डरी स्कुल लालमटियाले २ स्वर्ण र १ कास्य गरि ३ पदक जिती सान्त्वना स्थान प्राप्त गरेको छ । राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा छात्र र छात्रा तर्फ अलग अलग खेलहरु समावेश गरिएको थियो । विजेताहरुलाई गाउँपालिकाले नगद, प्रमाणपत्र, मेडल र शिल्ड प्रदान गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्