स्वयमसेविकाले पु¥याएको स्वास्थ्य सचेतनाको मेयर द्धारा प्रशंसा



निमु सगंम घर्ती,
घोराही, २८ कार्तिक,
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले स्वास्थ्य स्वयमसेविकाहरुले पु¥याउदै आएको स्वास्थ्य सचेतनाको प्रशंसा गरेका छन् । स्वास्थ्य स्वयमसेविकाहरुको भेलालाई मंगलबार घोराहीमा सम्बोधन गर्दै प्रमुख चौधरीले मातृशिशुको स्वास्थ्य सुधारका लागि गरेको कामको प्रशंसा गरेका हुन् ।

गर्भवती नियमित जाँच, विभिन्न खोप लगाउने, आमा समुहहरुलाई स्वास्थ्य प्रति सचेत बनाउने कार्यमा स्वयसेविकोरुपमा काम गरेर स्वास्थ्यको जगलाई बलियो बनाउन खेल्दै आएको भुमिकालाई उपमहानगरले सम्पत्तीकोरुपमा ग्रहण गर्ने बताए ।

समाजका लागि गरेको लगानीलाई गर्वकोरुपमा लिदै हिम्मत नहार्न उनले आग्रह समेत गरेका छन् । बढ्दो बालबिबाह र सानै उमेरमा बच्चा जम्माउने कार्यले समाज र मानविय स्वास्थ्यमा गम्भिर दिर्घकालिन असर पु¥याएको भन्दै त्यस तर्फ पनि सचेतनाका कार्यक्रमलाई आमा समुह मार्फत गाउँगाउँमा पु¥याउन सुझाब दिए ।

स्वास्थ्य सुधार र सचेतनाको जगमा स्वयम सेविकाहरु रहेको भन्दै उनले आगामी दिनमा सेवा सुबिधालाई समान गर्ने समेत प्रतिबद्धता जनाए । महिला स्वास्थ्य स्वयसेविका संघका उपाध्यक्ष दिपा वलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वयमसेविकाहरुले आफुहरुको योगदानलाई राज्यका निकायहरुले मूल्यांकन गर्न नसकेको भन्दै गुनासो गरेका छन् ।

स्वयम सेविका विना खनाल र दोर्णा वलीले समाज र मातृशिशुको स्वास्थ्यमा योगदान पु¥याएपछि आफुहरुको योगदानको राज्यका निकायहरुले रेकर्ड समेत राख्न नसकेको बताए । कार्यक्रममा घोराही उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख नारायणप्रसाद घर्तीले महिला स्वास्थ्य स्वयम सेविकासहरुले पु¥याउदै आएको सेवाले स्वास्थ्य सुधारको जगमा बलियो बनाएको बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्