निर्माण व्यवसायी गौचनको हत्यामा संलग्न ५ जना पक्राउ



सैघाली खबर,
काठमाडौं, २८ कात्तिक –। निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको अभियोगमा पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

गौचनको हत्यामा संलग्न भएको अभियोगमा नुवाकोट पञ्चकन्याका राजिव स्याङताङ, पर्साका शिवजी महतो र सन्तोष गुरुङ, भारत बिहारका मुकेशकुमार पाण्डे र काठमाडौंका प्रकाश बुढाथोकीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ परेकामध्ये राजिव स्याङताङले गौचनलाई गोली हानेको र अरुले हातहतियार तथा मोटरसाइकलको व्यवस्थापन गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
घटनामा संलग्न समिरमानसिंह बस्नेत, मनोज पुन, बोका भनिने गंगा लिङदेन, श्यामबहादुर गुम्बे, कालेदाइ भनिने अम्बरबहादुर राना, रोशन बुढाथोकी अजय थापा र लोप्साङ नामका ब्यक्ति अझै फरार रहेको प्रहरीले जनाएको छ ।
नेपाल निर्माण व्यावसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको गएको असोज २३ गते शान्तीनगरमा गोली हानी हत्या भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्