नेकपा द्वारा कार्यकर्ता रिहाईको माग



सैघाली खबर
दाङ, २८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीले रिहाईको माग गरेको छ । सोमवार राती बबई गाउँ कमिटिका सेक्रेटरी निम वहादुर डाँगीलाई प्रहरीले घर तालसी गरी विना कारण गिरफ्तारी गरेको प्रति आपत्ती जनाउदै तत्काल रिहाई गर्न माग गरिएको छ ।

नेपाल प्रहरीले गयराती देखी नै पार्टी कार्यकर्ताहरुको घर खानतलास गरी गरी कार्यकर्ताहरु खोजतलास गरिरहेकाले नागरिक स्वतन्त्रको अधिकार खोसिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल कम्युनिष्ट्र पार्टी जिल्ला सेक्रेटरी सविन द्वारा हस्ताक्षर विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रहरी कार्यकर्ताहरुको घरघरमा खानतलासी संगै नागरिक स्वतन्त्रता गुमेकाले तत्काल बन्द गर्न समेत आग्रह गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्