राष्ट्रपति रनिङ शिल्डमा सर्वोदय प्रथम भएपछि विद्यालयद्वारा खेलाडीलाई सम्मान



ओमप्रकाश गुप्ता,सिसहनियाँ । राप्ती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सर्वोदय मावि सिसहनियाँले उपाधी हात पारेपछि विद्यालयले विभिन्न खेल विधामा विजेता खेलाडीहरूलाई सम्मान गरेको छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष देवप्रसाद चाैधरीको अध्यक्षतामा भएको खेलाडी सम्मान कार्यक्रममा खेलका विभिन्न विधामा विजेता खेलाडीहरूलाई टिका लगाई सम्मान गरिएको थियोे । भने खेलकुद संयोजक शिक्षक विनोदकुमार गुप्तालाई खाँदा अोढाएर सम्मान गरिएको थियो । सम्मान कार्यक्रम पुर्व विजय जुलुस निकासी सिसहनियाँ बजार परिक्रम गरिएको थियोे । कार्यक्रमको सञ्चालन खेल शिक्षक हंसराज चाैधरीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्