विद्यालय लाई पुस्तकालय हस्तान्तरण



सैघाली खबर
दाङ, २८ कार्तिक । त्रिभुवननगर जेसिज दाङ घोराही उपमहानगरपालिका १८ मा रहेको प्राथामिक विद्यालय मसिनालाई पुस्तकालय हस्तान्तरण गरेको छ । जेसिजले ‘ रिड टु लिड’ कार्यक्रम अन्र्तगत ‘ रिड टु लिड’ जेसिज पुस्ताकालय स्थापना मंगलावार एक कार्यक्रमका विच विद्यालयलाई ५५ हजार, पाँच सय रुपैयाँ शैक्षिक सामाग्री सहित पुस्तकालय हस्तान्तरण गरेको हो ।

त्रिभुवननगर जेसिज दाङका अध्यक्ष दीपक शर्मा अध्यक्षता एंव विद्यालय व्यावस्थापन समितिका अध्यक्ष कुमानन्द कुवर प्रमुख आतिथ्यता तथा वरिष्ठ साहित्यकार गिरिराज शर्माको विशिष्ट आतिथ्यतामा हस्तान्तरण गरिएको थियो । सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आईरहेको जेसिजले शैक्षिक विकासमा पनि टेवा पु¥याउदै आईरहेको बक्ताहरुको भनाई थियो । कार्यक्रममा विद्यालयका प्राध्यापक अजय केसी, पुर्व अध्यक्ष मनोज वुढाथोकी लगाएतकाले बोल्नु भएको थियो ।

उक्त अवसरमा हस्तान्तरित भवनको दिगो संरक्षण र विकासका जेसिजका पुर्व अध्यक्ष मनोज वुढाथोकीले आमा विजया वुढाथोकीमा रु ५५ हजार ५ सय अक्षकोष स्थापना गर्ने घोषणा गर्नुभएको थियो । उपाध्यक्ष मिनराज भाटको आस्थापाठ तथा कार्यक्रम संयोजक सागर शर्माको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव मुकेश शर्माले गर्नुभएको थियो । भने धन्यावद ज्ञापन त्रिभुवन नगरजेसिजका खेल संयोजक यज्ञ वहादुर खड्काले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्