भारतले लगायो नेपाली भूमिमा डोजर , खन्यो ३०० मिटर सडक



काठमाडौंबाट आइतबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक/फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । संसदमा सांसदहरुले राखेका प्रश्न र प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जवाफलाई आजका पत्रिकाहरुले प्राथमिकता प्रकाशित गरेका छन् भने वुहानबाट नेपालीको उद्दार लगायतका विभिन्न राजनीतिक, आर्थिक र समाजिक क्षेत्रक विषय आजका पत्रपत्रिकाहरुमा समाचार छापिएका छन् ।

कान्तिपुर दैनिकमा भारतले नेपाली भूमिमा दुई ठाउँमा सडक बनाएर निर्माण सामाग्री ढुवानी गरिरहेको समाचार छापेको छ । प्रकाशित समाचारका अनुसार दार्चुलाको उत्तरी सीमामा पर्ने व्यास गाउँपालिका (१ र २ वडाको सीमा क्षेत्र बयलीधारबाट करिब एक किलोमिटरमाथि झण्डै १५० मिटर सडक खनेर भारततर्फ लगिएको छ । त्यहाँबाट २५० मिटरमाथि गएर फेरि नेपाली भूमिमै आएर ३०० मिटर सडक खनेको छ । भारतले सीमा नदी महाकाली किनार हुँदै तिब्बत सीमा लिपुलेक जोड्ने सडक निर्माण गरिरहेको समाचारमा जनाएको छ ।

भारतले सीमा नदी महाकाली किनार हुँदै तिब्बत सीमा लिपुलेक जोड्ने सडक निर्माण गरिरहेको छ । त्यसक्रममा भीर फुटाउन आफ्नो भूमिबाटै जान अप्ठेरो भएपछि नेपाली भूमिमा डोजर प्रयोग गरिएको हो । व्यास १ कै पेल्सितोलामा भारतले महाकालीमाथि काठेपुलसमेत राखेको समाचारमा लेखिएको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोमात्रै संसदमा सम्बोधनका क्रममा भारतले मिचेको नेपालको भूभाग फिर्ता ल्याउने तयारीमा सरकार रहेको बताउनुभएको विषयलाई पनि पत्रिकाले मुख्य स्थान दिएर समाचार प्रकाशन गरेको छ ।
ब्यास गाउँपालिका(१ को माल्पादेखि दोपखेसम्मको भागमा डोजर गुडाउने सडक, महाकाली नदी तार्न पुल र दुई काठेपुल भारतले बनाइसकेको छ ।

‘भारतले नेपाली भूमिका दुई ठाउँमा सडक बनाएर निर्माण सामाग्री ढुवानी गरिरहेको छ,’ समाचारमा लेखिएको छ, ‘व्यास गाउँपालिका(१ र २ वडाको सीमा क्षेत्र बयलीधारबाट करिब एक किलोमिटरमाथि झण्डै १५० मिटर सडक खनेर भारततर्फ लगिएको छ । त्यहाँबाट २५० मिटरमाथि गएर फेरि नेपाली भूमिमै आएर ३०० मिटर सडक खनेको छ । भारतले सीमा नदी महाकाली किनार हुँदै तिब्बत सीमा लिपुलेक जोड्ने सडक निर्माण गरिरहेको छ ।’

राजधानी दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकासको गतिमा लम्किँदै गरेको बताउनुभएको विषयलाई शीर्ष समाचार बनाएको छ । आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले आउँदा वर्षहरुमा उपलब्धिका वर्षा हुने, २०७६ साल विकासको आरम्भ वर्ष भएको, वित्तिय संघीयता कार्यान्वयनमा आएको, उच्च आर्थिक वृद्दिदर हासिलमा विश्वका १० मध्ये नेपाल पनि एक रहेको र चालू आर्थिक वर्षमा झन्डै २ खर्ब रुपैयाँको लगानी प्रतिबद्दता गर्दै सरकारले उल्लेखनिय प्रगति गरेको बताउनुभएको पत्रिकाले लेखेको छ ।यसैगरी पत्रिकामा नागढुंगा सडकखण्डको स्तरोन्नति धमाधम भइरहेको विषयलाई पनि प्रथम पृष्ठमै छापेको छ ।

कान्तिपुर दैनिकमा बलियो सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिपक्षबाट समेत अनुकूल स्थिति खडा भएको समाचार प्रकाशित छ । संसद् र सडकमा बलियो प्रतिपक्षको सामना उनले गर्नुपरेन । बरु, बेलाबखत सत्ता र प्रतिपक्षको भूमिका आफ्नै दलबाट झल्कन्थ्यो । त्यस्तो बेला प्रतिपक्ष काँग्रेसलाई खोज्न ऊ बसेको प्रतिपक्षी बेन्चतिर हेर्नुपर्ने स्थिति खडा भयो । खासगरी भ्रष्टाचार र अनियमितता मुद्दामा काँग्रेसको भुमिका सदन र सडक दुवै मोर्चामा कमजोर देखियो । सरकारमाथि निगरानी बढाउन भनेर काँग्रेसले छाया सरकारसमेत बनायो तर छाया सरकार गठनमै सीमित भयो । काँग्रेसभित्रै सदन र सडकलाई प्रभावकारी बनाउन नसकेको आरोप देउवाले दुई वर्षदेखि खेप्दै आएका छन् । नागरिक समाज र काँग्रेस निकट बुद्धिजिवीहरुले बारम्बार प्रश्न उठाउँदै आएका छन् । देउवा समूहका नेताहरु त्यसको बचाउमा छन् । आरोपको प्रतिवाद गर्छन् तर काँग्रेसका संस्थापनइतर पक्षीय नेताहरुले सडक र पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा यो मुद्दा निरन्तर उठाउँद्यै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्