बामपन्थीको तालमेलले काँग्रेसीहरु आत्तालिए ः केसी



दिपक बोहरा,
दाङ, २८ कात्र्तिक ।
बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नंं ३ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार हिरा चन्द्र केसीले बामपन्थिको तालमेलले गर्दा काग्रेस छटपटाई रहेको बताउनुभएको ।

तुलसीपुरका बिभिन्न स्थानमा भएका बिभिन्न चुनाबी सभालाई सम्बोधन गर्दै उनले प्रदेश र प्रतिनिधि सभाको चुनाबमा बाम्पन्थीले दाङमा सबै ठाउमा जित्ने निश्चित भएपछि काग्रेस अत्तालिएको टिप्पणी गर्नुभयो । बामगठबन्धनले जितेसंगै देशमा सम्बृद्धिको मार्ग शुरु हुने समेत उनको भनाई थियो ।

बिगतका दिनहरुमा अस्थिर सरकार हुने र राम्रो काम शुरु गर्न खोज्दा सरकार ढाल्ने जस्ता समस्याले गर्दा मुलुकमा सम्बृद्धी हुन नसकेको उहाँले बताउनुभयो । बामपन्थीको जित संगै मुलुकमा माम्पन्थीको एकलौटी सरकार हुने र कसैले पनि सम्बृद्धिको बाटोलाई छेक्न नसक्न दावी गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्