बामगठबन्धनको चुनावी सभा



सैघाली खबर
दाङ २८ कार्तिक । घोराही उपमहानगरपालिका १७ मा बामगठबन्धनको चुनावी सभा सम्पन्न भएको छ । बामगठबन्धनका वडा संयोजक तुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज जिवन गौतमले मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर आफ्ना चुनावी गतिविधिमा लाग्नुपर्ने बताउनुभयो ।

प्रमुख अतिथिको आसनवाट बोल्दै गौतमले निर्वाचनपछि पार्टी एकिकरण हुने भएकाले सबै पार्टीका कार्यकर्ताहरु चुनावी मैदानमा होमिएर परिणाम निकाल्ने मुख्य एजेण्डा बनाएर लाग्न आग्रह गर्नुभयो । बामगठबन्धनको उम्मेदवारलाई विजयी बनाउन आफ्ना कर्तव्य ठानेर लागेमा कम्युनिष्टको अधिकार स्थापित हुने र समाजवादमा पुग्नेमा गौतमले जोड दिनुभयो ।

कार्यक्रममा अर्का अतिथि नेकपा एमालेका नगर इन्चार्ज विवेक श्रेष्ठले बामपन्थी एकिकरण र निर्वाचनले विजयको ढोका खोलिसकेको बताउँदै सबै कार्यकर्ताहरु चुनावमा खट्न आग्रह गर्नुभयो । कार्यक्रममा संयोजक घिमिरेले यही मंसिर ५ गते घोराही १७ को धनिवगियामा हुने आमसभाको तयारीमा लाग्न र बामगठबन्धनलाई जिताउन सम्पुर्ण मातहतका कार्यकर्तालाई जानकारी गराउनुभयो । कार्यक्रममा वडाका सह—संयोजक यमप्रसाद आचार्यले स्वागत गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्