दाङको धारपानी पाण्डेस्वरी मन्दिर ऐतिहासिक धार्मिक पर्यटकिय स्थल बन्दै



सागर थापा

दाङ,२९ कार्तिक

बिस्वको सबैभन्दा ठुलो उपत्यकाको रूपमा रहेको दाङ जिल्लाको उपत्यका प्राकृति सोन्दर्यता महान आत्माहरुको तपोभुमि मठ मन्दिर हरुको प्रचुरता भोगभिर्क सम्भाव्यता तथा धार्मिक पर्यटकिय स्थल भएकोले यसको महत्वोपुर्ण स्थान रहेको छ । सरयु नदि जस्तो पबित्र नदिको उदगम बबई नदिनको काखमा चुरे पहाडको फेदीमा अबस्थित धारपानी शिव मन्दिर समुद्र सहत देखि ६ सय ३३ मिटर उचाइमा रहेको छ ।

पान्डवहरु गोत्र हत्याको पापबाट मुक्त हुन स्वर्ग जाने क्रममा रिहारको गोरेटो बाटो बाट धारपानीमा आइ बसेको त्यही शिबको आह्वान गरि ज्योति लिंग स्थापना गरि यहीँबाट स्वर्गदुवारी गरेको इतिहास शाक्षी छ । इतिहासको कालखण्डमा पान्डबहरुले धारपानी ज्योति लिंग स्थापना गरे देखि गुरुवा गाउँका चौधरीहरुले रुख काट्दा नकाटिए सम्मको इतिहास अदृश्य नै छ ।त्यसको खोजी हुनुपर्छ इतिहास भने उपलब्ध छ ।

धारपानीमा ज्योति लिंग भएको स्थानको श्रदालु भक्तहरुको सहयोगमा क्रमीक रूपमा बिकास बिस्तार तथा तथा समृद्धि र प्रबर्द्धन हुदै गएको आजको पान्डवेस्वर महादेवको भब्य मन्दिरको रूपमा रहेको भन्दै गयो । आज यो मन्दिर दङालीको मात्र नभएर बिश्वाको धार्मिक मन्दिर पर्टनकिय स्थाल बन्न थालेको छ । यसरी विश्व परिवेशको यो धार्मिक पर्यटन स्थाललाई सम्बोधन गर्न शिव मन्दिरले नसक्ने भएकोले शिव धामको रूपमा यसलाई स्थापित गर्नुपरेको हो । यस क्षेत्रलाई पर्यटकिय गन्तव्य बनाउने मन्दिर र सुनकोटको नाता जोडिएको सुनकोट ६ सय ७५ मिटरको उचाइमा छ ।

यो स्थान धारपानीका मानिस कोट बेसी गर्ने स्थान हो । राजपुरका मानिसहरु यही बाटो बाट रिहार जाने गर्दथे । यहाँ भगवती मन्दिरको भग्नावशेष छ । तर पनि त्रिशुल घन्टा तामाका पाला जस्ता त्सतै भएको अहिले पनि देखिन सकिन्छ । सुनकोट र सरिकोट ऐतिहासिक पुरातात्त्विक स्थाल भएकोले यसको उत्खनन गर्ने हो भने थाम राज सङ सम्बन्ध र ऐतिहासिक बस्तुहरु प्राप्त हुनेछन यहीँबाट धोलागिरी हिम शखला देखिन्छन । दाङ देउखुरी उपत्यका पुरै देखिन सकिन्छ यति मात्र हैन भारतको उत्तर प्रदेशको केही भाग देखिन्छ ।

देउखुरीको रिहार दाङको धारपानी प्युठानको स्वर्गदुरी पाल्पाको रिडी बागलुङको गलेश्वर महादेव र मुक्ति नाथको पर्यटकिय रुट निर्माण गर्ने हो भने नेपालको पर्यटनको बिकाश हुने देशको आयको प्रमुख स्रोत बन्ने सम्भावना हरु बोकेकोले त्यसको पहलममा दाङले नै गर्नु पर्द्छ हुन त यो पर्यटकिय रुट निर्माण दाङ ले नै किन गर्नु परियो भनेर कसैले भन्छ भने बिस्वको सबैभन्दा आग्लो त्रिशुल राख्न अरुले किन सकिनन दाङले सकियो । त्यस्तै यो मठको नेतृत्व दाङले नै गर्दछ ।

आफ्नो आध्यात्मिक तिर्खा मेटाउन भारतका विभिन्न स्थानमा जानुपर्ने बाध्यता बाट नेपालीहरुलाई मुक्त गराउन र आफ्नै देशका धाम र ज्योति लिंगको अस्तित्वबोध गराउने पुनित कार्यको लागी धामको रूपमा स्थापित गर्न लागिएको हो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्