चौथो जखेरा पर्यटन तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने



ओमप्रकाश गुप्ता,सिसहनियाँ । देउखुरीको धार्मीक एवं पर्यटकीय स्थल जखेरा तालमा चौथो जखेरा पर्यटन तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । महाशिवरात्री पर्वको अवसरमा जखेरा शिवालय धार्मीक पर्यटन विकाश संस्था प्रतिष्ठानको आयोजनामा महोत्सव सञ्चालन हुन लागेको हो । ताल तलैया तथा पर्यटकीय स्थलको संरक्षण गरौं, भ्रमण वर्ष २०२० लाई सफल पारौं भन्ने मुल नारा सहित महोत्सवको आयोजना गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षता एवं लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम चौधरीको प्रमुख आतिथ्तामा आयोजित पत्रकार सम्मेलनमा मार्फत महोत्सव सञ्चालन गर्न लागेका जानकारी गराइएको हो । फागुन ८ गते देखी १० गते सम्म महोत्सव संचालन हुने बताइएको छ ।

महोत्सवका आकर्षणहरुमा नेपाली चलचित्र क्षेत्रका ख्याति प्राप्त नायक दिलिप रायमाझी, लोक दोहोरी कलाकार पशुपति शर्मा, बिक्रम राना, आरुषी मगर, भुपु पाण्डे, एन्जल सोमई मगर, विशाखा शाही र विजय पुन लगायत अन्य थुप्रै कलाकारहरुको प्रस्तुती रहने जखेरा शिवालय धार्मीक पर्यटन विकाश संस्था प्रतिष्ठानका महासचिव लोकमणी बन्जाडेले जानकारी दिएका छन् ।

महोत्सवमा सुन्दर पर्यटकीय सम्पदाको अवलोकन, आकर्षक डुङ्गा द्धारा ताल परिक्रमा, शिद्धेश्वर महादेवस्थानामा विषेश पुजा आजा, स्थानिय कला सँस्कृती झल्कने झाँकीहरु प्रस्तुत गरिने कार्यक्रम रहेको छ । ७० वटा ब्यापारिक स्टल रहने महोत्सव व्यवस्थापनका लागी बिभिन्न उपसमितीहरु समेत गठन गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्