आज – फाल्गुन ५ गते, २०७६ साेमवार को राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृतिसँग सम्बन्धित सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेहुदा मन प्रशन्न रहनेछन् ।बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नसोचेका ठाउँमा रुपैया पैसा खर्च हुने सम्भावना रहेको हुनाले आर्थिक कारोबार गर्दा ख्याल गर्नुहोला । मायाप्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटावको अवस्था सिर्जना नहोला भन्न सकिन्न । व्यापार व्यावसायमा नाफा कमाउन दिनभर जसो समय दिनुपर्नेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लागनि भने फस्टाएर जानेछ । स्वास्थ्यको ख्याल गर्नुहोला उपाचार खर्च बढ्ने योग रहेकोछ । साझपख लामो दुरिको यात्राको प्रवल सम्भावना रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नोकरिमा प्रतिस्पर्धिहरुलार्ई हराउदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । बिवादित निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउनेहुँदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानीगरि मनग्गे आम्दानी हुने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आकश्मिक धन तथा सम्पति लाभ हुनेयोग रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानी बाट मनग्गे धन लाभ हुनेछ । भौतिक सम्पति तथा विलासी वस्तुहरुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँने तथा मायामा सामिप्यता बढेर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा जनता सँग सन्तुलित व्याबहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । व्यापार व्यावसायमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपानाउनु होला । आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अदालति तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरि प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथिको सम्बन्ध थप प्रगाड भएर जानेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना भएपनि यात्राका क्रममा ध्यान दिनु जरुरिछ । पढाइ लेखाइमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) मायाप्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई सँगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई अरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगति भएर जानेछ । पुराना आर्थिक मुद्दाहरु हल भएर जाने हुनाले थप लगानी गर्ने वाताबरण बनेर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक कामहरु समयमा गर्न सकिने हुँदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रुपमा सुदृड हुने समय रहेकोछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । व्यापार व्यावसायबाट मनग्गे धन सम्पति कमाउन सकिने हुदा आवश्यक्ताहरु परिपूर्ती हुनेछन् । सुन्दर तथा विलासी बस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्य क्षेत्रमा लगानी गरि आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । लामो दुरिको बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने बिदेशसमा बसेर समय खर्चिनेहरुले प्रशस्त रुपैयापैसा कमाउन सक्नेछन् । पढाइ लेखाइमा मनजाने हुनाले अन्य दिनभन्दा सुधार भएर जानेछ । मायाप्रेममा रमाउँन चाहनेहरुका लागि भने समय मध्ययम रहेकोछ । अग्रज तथा आफन्तको सुझाबलाई मान्दै अगाडि बढे चाहेको गन्तब्य पहिल्याउँन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा लगानी गरि प्रशस्त आम्दानीगर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुनेहुनाले लगानी बढाउन सकिनेछ । सवारी साधन प्राप्तीको योगलाई नकार्न सकिदैन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैयापैसा प्रशस्त कमाउन सकिनेछ । व्यापार व्यावसायमा सोचेभन्दा अढि नै आम्दानी हुनेहुँदा नयाँ क्षेत्रमा लगानी गर्न जागर आउँनेछ । रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । जागिर पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुनेप्रशस्त सम्भावना रहेकोछ । अध्ययन तथा अध्यापनमा सहकर्मिको साथले नयाँ कुराको खोज तथा अनुशन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउँनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्