मुख्य समाचार

दशौँ दक्षिण एसियाली आर्थिक सम्मेलन आज पनि जारी

By थाहा अनलाइन

November 15, 2017

सैघाली खबर काठमाडौं,२९ कार्तिक

दशौँ दक्षिण एसियाली आर्थिक सम्मेलन आज पनि जारी रहने भएको छ । सम्मेलनमा दक्षिण क्षेत्रको विकासका बारेमा छलफल भइरहेको छ । भूटानका अर्थमन्त्री ल्योन्पो लेकी दोर्जे, माल्दिभ्सका अर्थविकास राज्यमन्त्री अब्दुल लाथिप अहमद, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्ले र स्वापीका अध्यक्ष डा. पोषराज पाण्डेले हिजो अवधारणा पेश गर्नुभयो ।

भोलिसम्म चल्ने सम्मेलनले विज्ञहरुबाट समूहगत रुपमा छलफल गरी दक्षिण एसिया क्षेत्रको विकासका लागि ठोस योजना अघि सार्ने सो अवसरमा जानकारी गराईएको छ । कार्यक्रममा बंगलादेशको ढाकामा सम्पन्न नवौँ सम्मेलनसम्बन्धी स्मारिकासमेत विमोचन गरिएको थियो । राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय र स्वापीको संयुक्त आयोजनामा शुरु भएको सम्मेलनमा दक्षिण एसियाली देशका २ सय प्रतिनिधिको सहभातिा रहेको छ ।