आश्वासनमा बाँचेका मान्छेहरु , प्रतापकोट वासीको भन्छन ‘जसले दिन्छ पानी,उसैलाई दिन्छौ भोट’



गिरिराज नेपाली
दाङ, २९ कार्तिक । ‘हाम्रा दल र उम्मेदवार भनि कैयो पटक हामीले उनैलाई भोट दियो । हामीले दिएको भोटले उनीहरु जिते पनि, तर उनै हाम्राहरु जितेर गएदेखी गाउँ घुमेका छैनन् । ‘यसपालीको भोट कसलाई दिने हामी दोधारमा छौ । ’ तुलसीपुर उपमहानगरपालिका ३ प्रतापकोट अम्वासकी ईन्द्र घर्तिले बताउनुभयो । खानेपानीको धारा सवैका घरघरमा पु¥याउने आश्वासन अहिलेको मात्रै होईन । त्यो हाम्रा लागि पुस्तानी नारा भईसक्यो । अहिले पनि नाराका पानीधारा सवैले लिएर आउँछन । पानीको धारा अझै आएको छैन । फेरी उनैनाराहरु बोकी उनैदलहरु गाउँ फसेका पस्न सुरु गरेको घर्तिले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘ जसले दिन्छ पानी उसैलाई दिन्छौ अब भोट ’ हाम्रा र मेरा दल र उम्मेदवार प्रतापकोटीहरुले हेर्ने छैनौ । खानेपानीको समस्या अहिलेको होईन प्रतापकोट पुस्तनी समस्या हो । उहाँले भन्नुभयो– ‘पानी खाने आशामा बाजे÷बाउहरुले पनि उनै भोट दिए । हामीले पनि उनै लाई दियो । ’ खानेपानीको आश्वासनले पुस्तानी विताएका प्रतापकोटवासीहरु अझै आश्वासन मात्रै पाईरहेका छन् । उहाँले भन्नुभयो– ‘नेता गाउँ पस्न पाउदैनन् हामीलाई भोट दिनुहोस् जित्यो भने खानेपानीको धारा सवैका घरघरमा पु¥याउछौ भन्छन ।’ खाली भोट बटुल्ने मिठा कुरामा मात्रै बनेको खानेपानीका धारा घर–घरमा ।

गाउँभरी करिव एक सय घरधुरीले एउटै जरुवा पानी खान्छौ । एकग्रागी पानीको लागि पनि विहान ३÷४ वजे नै उठ्नु पर्छ । खडेरी मास छदैछ । हिउदमा पनि हामीले खानेपानीको हाँहाँकार व्यहोर्नु परेको छ । भन्दै अम्वास नौलाकी जमुना थापाले बताउनुभयो । केटाकेटी खाना पकाई खुवाउने सम्म पानी पुग्दैन कहिले, पानी भर्दा–भर्दै जरुवा सुक्छ । राती–दिउँसो गरेर सवैले खाना पकाउने पानी सम्म पु¥याउन गरेको छौ । पानीको यस्तो हाँहाँकार छ । दलहरुले भोटवैकमा रुपमा मात्रै हेर्छन । सम्वन्धीत निकायहरु गाउँपस्नै अप्ठेरो मान्छन । गाउँको यो समस्या कसैले नदेखेको उहाँले गुनासो गर्नुभयो । फेरी पनि चुनावी भोट माग्न नेता गाउँ पसेका छन । उही पुराना खानेपानीका धारा सवैका घरघरमा भन्ने गरेको उहाँले बताउनुभयो । थापाले खिन्नता व्यक्त गर्दै भन्नुभयो–‘स्थानिय तहको निर्वाचनमा पनि हामीले खानेपानीको धारा आउछ रे ’ भन्दै भोट दियो । अहिले त्यस्ता भोट धेरै पटक दियो भनेर चित्त बुझाएका छौ । चुनावी रौनक र उत्साहले अन्यत्र सवैलाइ छोएको छ । तर हामीले यो पालीको चुनावले उही निराशा दिएको छ । फेरी भोटदिने हो । उही पानीको मिठो सपना देख्ने हो । थापाले भन्नुभयो– ‘ मनमा दुखाई भए पनि भोट दिनैपर्छ । ’ अब जसले पानी ल्याईदिन्छौ होईन पानी ल्याईदिने लाई भोट दिनै छौ । ’ हामी उनै भोट हाल्ने हो ।


गाउँभरीकै एउटा परम्परागत पुरानो खानेपानीको जरुवामा आश्रित प्रतापकोटवासीहरुको खानेपानीको विकल्प त्यही जरुवा भन्दा अरु केही छैन । खानेपानी उचित व्यावस्था नहुदा नुहाउन, लुगा धुन पनि एक घण्टा खोला झर्नु पर्ने वाध्यता छ । भने वस्तुभाउ र शौचालयको अवस्थामा उत्तिकै छ । पानीको उचित वन्दोवस्त नहुदा शौचालय प्रयोगमा आउन छोडेको स्थानिय हर्क वहादुर विकले बताउनुभयो ।

प्रतापकोटमा खानेपानी समस्या निकै रहे पनि उक्त गाउँ शिक्षा, स्वास्थ्य, विद्युत पनि सेवा वाट वञ्चितमा परेको छ । गाउँमा सामुदायिक विद्यालय रहे पनि स–साना वालवालिकाहरु वाटोघाटो अभावका कारण विचैमा पढाई छोड्नु पर्ने वाध्यता रहेको विकले बताउनुभयो । भने स्वास्थ्यचौकी पनि वाह्ै महिना बन्द हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – सामान्य विरामी भए पनि मान्छेले बोकेर अस्पताल पु¥याउछौ, तुलसीपुृरको झिलिमलि हरेर विजुली वत्तिको बाल्ने रहर पुरा गर्छाै । अरु गाउँलाई विकास र सेवाले छोएको छ । हामीलाई न नेताले चिन्छन, न विकास खोज्छ । सर्वनार्थीको गाउँ जस्तै वाँचेका छौ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्