गिरिाराज नेपाली
दाङ, २९ कार्तिक । मुलुकको स्थायित्व,समृद्धि र नागरिक अधिकारको अभिभारा वाम एकताले मात्रै पुरा गर्ने सक्ने वाम गठवन्धनका दाङ क्षेत्र न.ं २ ‘ख’ उम्मेदवार एंव पुर्व मेयर अम्मर डाँगीले बताउनुभएको छ । मिडिया मञ्च नेपाल दाङले बुधवार दाङको घोराहीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा यस्तो बताउनुभएको छ ।
मुलुकको खास ऐतिहासिक आवश्यक अनुरुप नै वामपन्थी शक्तिहरु तलमेल गरी पार्टी एकताको प्रयासवाट मुलुक स्थायित्व निकास वाम एकताले पहिल्याउने बताउनुभयो । वाम एकताको वारे विपक्ष दलहरुलाई टाउको दुखाईको विषय बनेको छ । हाम्रो एकता वारे काँग्रेस लगाएतका विपक्ष पार्टीहरु अलोकतान्त्रिक रुपमा टिकाटिप्पणी गरीरहेकाले त्यसो नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।
उहाँले – ‘सक्नुहुन्छ भने तपाईहरु तालमेलमा गर्नुहोस् । ’ संविधानको मर्यादा रही मैत्रितापूर्ण चुनावी मैदानमा आउनुहोस् । हाम्रा बारे अनावश्यक टिप्पणी गर्न जरुरी छैन ।
वाम एकता विकास साधक हो
वाम गठवन्धनका दाङ क्षेत्र न.ं २ ‘ख’ उम्मेदवार एंव पुर्व मेयर अम्मर डाँगीले वाम एकता विकासको साधँक बनेको बताउनुभयो । विगत देखी वर्तमान सम्मका दाङको विकासमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले दाङको समृद्धि, जनजिविकाको विकास र कृर्षि क्षेत्र संगै शिक्षा , स्वास्थ्य, रोजगारका क्षेत्रमा दाङलाई उन्मुख बनाउदै लगेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘ हामी काममा विश्वास गर्छाै कुरामा होईन । ’ मडिया मञ्च नेपालका अध्यक्ष आजात खड्काको अध्यक्षता तथा वाम गठवन्धनका दाङ क्षेत्र न.ं २ ‘ख’ उम्मेदवार एंव पुर्व मेयर अम्मर डाँगीको प्रमुख आतिथ्यताका सम्पन्न कार्यक्रमको सञ्चालन मञ्चका उपाध्यष प्रकाश चौधरीले गर्नुभएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।