दल लाई भोटको पिरालो ,नागरिक लाई नागरिकताको ’



गिरिराज नेपाली   दाङ , जेष्ठ । ‘क्या भुनम र..हजुर..नागडिक्ता दिन्छु भुन्ने मान्छा धेरै आउनुभ्याउथ्यो ?’ तर कसैले दिनुभ्याउ छैन । जो आउनुभ्याउ भने, चिल्ला घस्न्या मात्रै हुन हजुर .. । हामी गडिव–दुखी लाई कस्ले हेर्ने हुन र ? दिन्छौ भन्थ्ये नदिई माडिगायाँ.. ।

IMG_0098

घोराही उप–महानगरपालिका ११ नयाँवस्तीकी ४८ वर्षिय सेती गन्दर्भकीले उनै कुरा दोहो¥याउदै फेरी भन्निन ‘उमेर डाँडाँ पारी पुगिसक्यो । तर अझै नेपाली नागरिकको परिचय पाउन सकेकी छैन । सेतीले भनिन ‘ सवै कुडा मुत्रै लगाउन्या हुने मान्छा । काम गन्र्या कोही छैनन । ’ हाम्रु गाँउका नेता भागवत विश्वासीले हामी लाई नागडिक्ता दिन्छु भन्नुभ्याउथ्यो । तर अझै उहाँ फर्किनु भ्याउ छैन । सवैलै कुरा मात्रै लगाउन्या हुन । काम गन्या कोही होईनन । कस्ले काम गर्दछन । गरिव दुखीका लागि सवैले आशा मत्रै दिने हुन । ‘सानै बा आमा वित्नुभयो । उति वेलामा जन्मदर्ता , नागरिकता वनाउनु पर्छ भने थाहा पाएनौ । अहिले आई थाहा भो नागरिकता र जन्मदर्ता के रहेछ । उमेरले वृद्धि भत्ता खाने भई सके । कपला फुलिसक्यो । तर अझै मैले म नेपाली हुँ । भनि गर्भ गर्ने आधार छैन ।
त्यही आधार विहिन नेपाली नागरिकका रुपमा वाँचिरहेकी छु । उनले भनिन‘सवै फुल्स्याउने मुत्रै हुन । गर्छु , दिन्छु भुन्याको हर्ज हुन । सधै आउन्या हुन । तर दिन्या कोही हैनन । ’ हाम्रा घरको भोट लिनेले हामी लाई नागरिकता दिए हाम्रा पनि भोट लिनेथ्या । तर दिने मात्रै कुरा गर्दछन । दिने कोही होईन । जहिले जो आए पनि वरीपरी हेर्छन । उनै कुराले फुस्लाउछन । भोट माग्छन । जान्छन । अव मरे पनि आश देखाउने भोट हाल्न दिनौ हामीले । जसले हामी लाई नागरिकता दिन्छ । उनैलाई
उनले भनिन ‘हाम्रा नागरिकता नभए पनि केही चिन्ता छैन । हाम्रा श्रीमान , छोरा , भतिजाहरुका नागरिकता छन । उनीहरुले नेतालाई भोट दिनेहुन । तर अव जसले हामी नागरिकता दिने कुरा मात्रै होईन दिन्छन । उनैलाई भोट हाल्न लगाउने हो हामीले..।

IMG_0076

त्यस्तै सोही ठाँउकी ३६ वर्षिय काली गन्दर्भ पनि उस्तै दुखेसो पोख्छिन । उनले भनिन ‘चुनाव आईसक्यो । हामी लाई उत्साहले छोएको छ । तर हामी लाई त्यो उत्साहले कहिले छुन सकेको छैन । वितेका चुनाउ पनि यसरी नै विते । यो सालको चुनाउ पनि त्यसरी वित्ने भयो । उतिवेला अर्काे पटकको चुनावमा सवैका हातमा नागरिक , मतदाता परिचय उपहार दिन्छौ भनि भनेका थिए । तर खै त्यो उपहार अझै पाएनौ । अव जे हुन्छ । श्रीमान , काका , छोरा भतिजाहरु लाई जसले हामीलाई नागरिकता दिन्छन उनै भोट दिन भन्छौ हामी ..। त्यस पछि अर्काे चुनाउमा जसले हामी लाई नागरिकता दिन्छ । त्यसैलाई जिताउछौ अर्काे चुनावमा उसैलाई जिताउने आशा छ । उनले भनिन ‘फेरी नेताहरु नागरिकता दिन्छो , लालपुर्जा दिन्छौ भन्दै उनै पुराना कुरा लिई फर्किरहेका छन । तर पुराना कुरा पुरा गरे पो पत्यार लाग्ने थ्यो । ‘जति गोजी आए पनि कानै चिर्रेका भनेझै ’ गर्ने कोही होईन ।खाली भोट हालेर जिताउनु होस गरेर देखाउछौ । हाम्रो पार्टी गरेर देखाउने पार्टी हो भन्छन ।

सोही ठाँउका ४३ वर्षिय तिलक गन्दर्भले जसले हाम्रा श्रीमाती , भाउजु र आमाहरु लाई नागरिकता दिलाउछन । उनैलाई भोट दिने हो । जसले आए पनि उनै कुरा दोहो¥याउन । हामी लाई दिन्छौ मात्रै भन्छन । तर कहिले दिदैन । अझै हामी एमालेका नेता गाँउका मान्छे हो । तर उहाँले पनि हाम्रा लागि कुनै काम गर्नु भएनन । भोट हामीले उहाँलाई हालेका हौ । जसलाई जिताए पनि के काम हुने रैच र ? नजिक भनेर के काम , चुनाव आए मात्रै हामी गाँउमा फर्किनु हुन्छ । उहाँ ..

 

सेती र काली मात्रै होईन । उक्त वस्तीका करिव ७५ घरधुरी मध्ये करिव ४० जना महिलाहरु अझै नागरिकता विहिनमा छन । यसरी आफुहरु पहिचान विहिन भईरहदा दलहरुले मात्रै होईन राज्यले पनि आफुहरु माथि विभेद गरेको उनीहरुको गुनासो छ । जन्मसिद्धका आधारमा राज्यले सवै नेपाली नागरिक लाई नागरिकता दिए पनि त्यो जन्मसिद्धको अधिकार राज्यले आफुहरु वाट खोसिरहेको उनीहरुको गुनासो छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्