बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुँयाल : आजै सपथ ग्रहण




बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुँयाल नियुक्त हुनुभएको छ । मन्त्रीमा नियुक्त भएका फुँयाललाई सोमबार साँझ पाँच बजे प्रदेश प्रमुख बिष्णु प्रसाद प्रसाईँले सपथ खुवाउने तयारी रहेको छ ।

मन्त्री फुँयालको सपथ ग्रहणका लागि मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको प्रदेश प्रमुखको कार्यालयका एक कर्मचारीले बताए । यसअघि माघ २९ गते मन्त्रीको सपथ खुवाउने तयारी गरेपनि नेकपा प्रदेश कमिटी र मुख्यमन्त्रीबीचको विवादले अन्तिम समयमा आएर फुँयालको सपथ ग्रहण रोकिएको थियो । सोमबार पनि सपथ ग्रहण गर्ने विषयमा प्रदेशसभा सदस्यलाई जानकारी गराइएको छैन । सपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री कार्यालयमा सबै तयारी भइसकेको श्रोतले जनाएको छ ।

मुख्यमन्त्रीले समाल्दै आउनुभएको मन्त्रालय फुँयालले समाल्ने भएपछी भौतिक पूर्वाधार मन्त्रालयमा १२ बजेसम्म बसेर बाँकी रहेका सबै काम मुख्यमन्त्री डोरमणी पौडेलले गरिसकेका छन् । फुँयालले मन्त्रीको रुपमा सोमबार सपथग्रहण गर्ने र मंगलबारदेखि मन्त्रालय सम्हाल्ने तयारी रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्