बैकं ब्यालेन्स् देखाउन भनी ६० लाख ठगी गरेको अभियोगमा २ जना पक्राउ



अमेरिका जान भिसा प्रोसेसका लागि बैक ब्यालेन्स् देखाउन भनी ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई भक्तपुर ठिमीबाट आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बागलुङ, बागलुङ नगरपालिका(२ पयुपाटा कुँवर टोल घर भइ ललितपुर ईमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोक चौउरे देउराली घर भई ललितपुर ईमाडोल बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन् ।

काठमाडौं तार्केश्विर नगरपालिका(२ बस्ने नुवाकोटकी महिलालाई कुँवरले अमेरिका जानको लागि बैक ब्यालेन्स् देखाउनुपर्ने भन्दै विभिन्न प्रलोभनमा पारी आफ्नो बैंकका खातामा ६० लाख रुपैयाँ राख्न लगाई रकम राखेको भोलीपल्ट बैंकबाट विभिन्न शाखाबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमतीपत्र राखी रकम निकाली ठगी गरी सम्पर्क विहिन भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

साथै उनीहरुले अन्य ३ जना समेतबाट ७० लाख रुपैयाँ लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्