छाउ घर भत्काउन जस्तै छुवाछूतको मानसिकताको घर भत्काउन अभियान कहिले चाल्ने सरकारले ?

जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ लागुपछि मात्रै छुवाछुतकै नाममा १४ दलितले ज्यान गुमाएका छन्


छाउपडी घर अर्थात् महिनावारी हुँदा ,५ दिन ७ दिन घर भन्दा अलि पर छाउ बार्न बस्ने घर । समाजमा अन्धबिस्वासले निम्त्याएको यो कुरुती डरलाग्दो रूपमा समाजमा जरा गाडेको छ विशेष गरि सुदुरपश्चिम तिर त धेरै किशोरीहरुको काल नै बनेको छ छाउपडी , बर्सेनि छाउघरमा निशासिएर या सर्पको टोकाइ , जंगली जनावरको आक्रमण र बलात्कारबाट समेत मृत्यु भएको छ । सरकारले छाउपडीलाई पनि कानुनी रूपमा अपराध मानी छाउ बार्ने र बार्न बाध्य बनाउनेलाइ समेत कानुनी रूपमा अपराध हो भनी महिनावारी ऎन बनायो ।

मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३)ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ। यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानुनले गरेको छ। जुन २०७४ देखि लागू भएको छ ।

अर्को तिर सरकारले समेत कडा निर्देशन दिएको छ छाउपडी बार्ने र बार्न लगाउनेलाई जस अनुसार अछाम साँफेबगर नगरपालिका -३ सिद्देश्वरका छत्र राउतलाइ आफ्नो२१ वर्षिया आफ्नो बुहारी पार्बती बुढा राउत मङ्सिर १५ गते छाउगोठ मै मृत्यु भए पछि उनलाई १९ गते प्रहरीले प्रकाउ गरेको हो ।

बुहारीलाई छाउघरमा बस्न बाध्य पारेको भन्दैन२५ दिन हिरासत बसि १५ हजार रुपैया धरौटीमा छुटेका थिए भने अदालतले ४५ दिन सजायको फैसला सुनाएको थियोे । रावतको मृत्यु पछि गृह मन्त्रालयको निर्देशनमा छाउगोठ भत्काउने अभियान तिब्र भएको छ । प्रहरीले हालसम्म २ हजार ९ सय ४४ गोठ भत्काएको प्रहरी कार्यलय अछामले जनाएको छ।

अछाममा मात्र एक दशक यता १४ जना किशोरीको मृत्यु भएको छ । अहिले भने छाउपडि प्रभावित जिल्लाहरुमा प्रहरी , प्रशासन र विभिन्न संघ, संस्थाको समन्वयमा छाउघर भत्काउने अभियान निकै तिब्र छ । छाउपडी प्रथा उन्मुलनका लागि छाउगोठ भत्काउने अभियान अन्तर्गत गोदावरी नगरपालीकाको वडा नम्बर १० र १२ मा प्रहरी र सामाजिक अभियन्ताको सहभागितामा १ सय १५ वटा छाउगोठ भत्काइएका हुन् । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञान बहादुर बिष्टको नेतृत्वको टिमले सञ्चालन गरेको छाउपडी प्रथा विरुद्धको अभियान अन्तर्गत गोदावरी नगरपालिकामा रहेका १ सय १५ छाउगोठ भत्काइएका छन्।

जसरी सरकारले छाउपडी निर्मुलको लागि यो अभियान र निर्देशन गरेको छ संमानजनक छ र गर्नु पर्ने पनि यहि हो । यहानिर मैले जोडन खोजेको विषय महिनामा ५ दिन छाउपडी बार्न बाध्य महिला र महिनामा ३० दिन नै छाउपडी भए झै सधैं अछुत पर सर्ने दलित महिलाको पिडालाइ जोड्न खोजेको । जहाँ छाउपडी अर्थात महिनावारि कुनै समुदाय भन्दा पनि हरेक महिलाले बार्ने गर्छन् तर अन्य समुदायका महिला ५,७ दिनमा चोखिन्छन् तर दलित महिला भने सधैं नै छाउपडी भएको बेलाको व्यबहार भोग्छ्न् ।

नेपाली समाजको अन्धबिस्वासको जातिय छुवाछूत समाजमा हुने कुरुतीहरुमा खतरनाक र डरलाग्दो अपराधी प्रथा हो । जुन प्रथाको कारण देशका १३.८% दलित समुदाय र त्यस भित्रका ७% दलित महिला सामाजिक विभेद , साँस्कृतिक अपमान , अधिकारबाट समान रुपमा बन्चित र सार्बजनिक रूपमा बहिस्कारमा परेका छन् भने राज्यबाट नै हरेक निकायमा समानुपातिक समाबेशीको आधारमा पाउने अबसरबाट समेत समानरूपमा पाएका छैनन् । एकातिर राज्यबाट पाउने अधिकारमा प्रतिनिधित्वको सवाल अर्कोतिर सामाजिक रूपमा दिनहु भोग्नु पर्ने जातीय छुवाछूतको सिकार जहाँ निजि क्षेत्र होस् या सार्बजनिक स्थल एउटा छाउपडी महिलाले ५ दिन भोग्ने ब्यबहार दलित महिला र समुदायले सधैं भोग्नु पर्ने छाउपडी जस्तै जातीय बिभेद ।

जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ लागुपछि मात्रै छुवाछुतकै नाममा १४ दलितले ज्यान गुमाएका छन् । तर, अधिकांश मुद्दा न्याय नपाएर छटपटाइरहेका छन् । खोटाङको दिक्तेल बजारमा सहभोज कार्यक्रम थियो । दलितले दिएको दही टंकप्रसाद आचार्यले खाए । समाजले ७६ वर्षिय बृद्ध आचार्यलाई बहिस्कार गरिदियो । उनी न्यायको लागि भौतारिदै प्रदेश सभा सचिवालय विराटनगरसम्म आइपुगे । # २०७५ बैशाखमा महोत्तरी बर्दिबासकी बुद्धमाया बिकको छोरी धारामा पानी भर्न जादा कुटिइन , नकुट मेरो छोरीलाई भन्दा बुद्धमाया बिकलाइ समेत कुटियो । उपचार त पाइन तर मानसिक रूपमा क्षतबिक्षत हुन पुगिन बुद्धमाया समाजको टचर र धम्किले आत्महत्या गर्ने प्रयास समेत गरिन ।नयाँ संविधान जारी भए पछिको उपहार हो यो ।

घटना #१ कैलाली =

कैलाली गौरिगगा नगरपालिका ११ कि माया बिकले दलित बस्तिमा एसिइ पास गर्ने पहिलो दलित महिला थिइन । गरिबिको कारण मायाको आमा कुबेतमा घरेलुकामदार थिइन नगरपालिकाको सामाजिक परिचालिकाको रूपमा छनोटमा परेकी मायालाइ असार १२ मा नै हराइन तीन दिन पछि ११ चपरथलि सामुदायिक बनमा लास भेटियो ।उनलाइ सामुहिक बलात्कार गरि मारिएको थियोे ।

हत्या न– २

सप्तरी पसेराका शिवशंकर दास गाउँकै एक चौधरी युवतीको प्रेममा परे । प्रेमलाई विहेमा परिणत गर्न पाएकै थिएनन् । बरु यातना पाइरहे । १६, माघ २०६८ मा केटी पक्षले शिवशंकरको हात बाँधे । त्यसपछि विष खुवाएर हत्या गरिदिए ।

हत्या ३-#

काभ्रेका अजित मिजारले कल्पना पराजुलीसंग २०७३ असार २५ गते प्रेम बिवाहा गरेका थिए ।असार २७ मा माइतीबाट कम उमेरमा बिवाहा गरेको भनी उजुरी पर्यो ।२९ गते धादिङको गजुरिमा अजितको लास झुन्डिएको अबस्थामा फेला पर्यो । एथेस्ट प्रमाण हुदाहुदै पनि अजित हत्याकाण्ड रहस्यमय बन्यो , सरकारले परिवारलाई दशलाख क्षतिपूर्ति दियो तर हत्यारालाई कारवाही भएन मुद्दा दर्ता पछि प्रकाउ परेका मुख्य आरोपी धुरब भनिने भोजबहादुर पराजुली , उनकी छोरी सम्झना पराजुली र मनोज भन्ने टेक बहादुर पराजुली ५०,५०”हजार धरौटीमा छुटे । लास अहिले सम्म बिगत ५ बर्ष देखि टिचिङ हस्पिटल मै रहेको छ।

हत्या ४-कालिकोट *

नरहरिनाथ गाउपालिका ९ कि वडा सदस्य मना सार्किलाइ धारामा पानीलिन जाँदा दलित भन्दै राजेन्द्र र सिर्जना शाहिले कुटिकुटी हत्या गरे ।

हत्या -५*

काभ्रेको लक्ष्मी परियारलाई आफ्नै सानो छोराको अगाडी स्कुलको पोलमा बाधेर बोक्सि भन्दै शिक्षक हिरा लामा र काइली तामाङले कुटपिट गरे २०७३ मङ्सिर २४ मा लक्ष्मी परियारको मृत्यु भयो तर हिरा लामा र काइली तामाङलाई मात्र ८महिना कैद र २० हजार रुपैया जरिवाना भयो मुद्दा अझै चलेको छ ।सरकारले लक्ष्मी परियारको परिवारलाई नि दशलाख पैसा दियो ।

हत्या ६.#

झापाको कनकाइ नगरपालिका – ६ कि अस्मिता तोलामी सार्की र सोही गाउका इस्वर भट्टराईको प्रेमलाइ समाजले स्विकार गरेन एउटै डोरीमा पासो लगाएर आत्महत्या गरे ।

हत्या न– ७ दैलेख

टोलीका सन्तबहादुर दमाईले १३ भदौ ०६८ मा राजकुमारी शाही अन्तरजातीय विहे गरे । विहेपछि केटी पक्ष बञ्चरो बोकेर एक रात शन्तबहादुरको घर प्रवेश गर्यो । शन्त र उनकी श्रीमतिलाई भेटेन । सन्तबहादुरको बाबा सेते दमाइलाई ढाल्यो । अदालतले सेते दमाईको हत्या गर्ने तीन जनालाई जन्मकैदको फैसला गर्यो ।

हत्या ८-

चुलो छोएकै निहुँमा कालिकोट जुविथाका मनबिरे सुनारलाइ २०६८ मङ्सिर २४ मा जसबहादुर शाहीको चिया पसलमा चिया पिउन पुगेका थिए चुरोट सल्काउदा चुल्लो छोयो भनी कुटपिट गरे कुटाइबाट नै मृत्यु भयो  ।

हत्या नम्बर – ९

पुम्दीभुम्दीस्थित कोदीकी १० वर्षीया श्रेया सुनारको बलत्कारपछि हत्या भयो । बलत्कारपछि हत्या दोषीलाई आजिवन कारावास भयो ।

हत्या नम्बर – १०

कथित उच्च जातसँग प्रेम गरकै कारण तनहुँकी संगिता परियारले पनि आत्महत्या गर्न बाध्य हुनुपर्यो । यो उनीमाथि समाजले गरेको हत्या हो । हत्या  नम्बर ११

श्रेष्ठ थरको युवासग बिवाह गरेकी ताप्लेजुङ नाङखोल्याङ ३ कि १४ वर्षिया झुमा बिक २०७१असारमा मृत अबस्थामा फेला परिन उनलाई जातकै कारण सासू मद्दा श्रेष्ठ र बुहारी जुनुले कुटेर हत्या गरेका थिए ।

हत्या नम्बर  १२*

धनुषा ३ मिथिला नगरपालिकाकी नौ वर्षिया दितिया ( रेस्मा रसाइली ) लाई छिमेकीको बिवाहा हेर्न जादा नजिकैको उखुबारिमा निरज जर्गा मगरले बलात्कार गरि हत्या गर्यो ।

हत्या नम्बर -१३

०७५ माघमा मधुमारा ८ बलुवाइ स्थित सिंघानिया खोलामा नौ वर्षिय वालिकाको लास फेला पर्यो उनी थिईन् आठ वर्षियरुपमती कुमारी दास । छिमेकीको घरमा टेलिभिजन हेर्न पुगेकी रुपमती घर फिरेकी थिईनिन् । प्रहरीको प्रारम्भीक अनुसन्धानले उनलाई पनि बलात्कारपछि हत्या गरेको देखायो ।

यी त प्रतिनिधि घटना मात्र हुन दिनहुँजसो धारा पधेरा र सार्बजनिक स्थलमा भोगेका छुवाछूत र विभेदको यहाँ लेखेर साध्य छैन । छुवाछूत मुक्त रास्ट्र घोषणा भयो , २०६८ को छुवाछूत ऎन आयो , २०७२ को संविधान आयो तर नेपालमा रहेको जातीय छुवाछूत र बिभेदको अन्त्य गर्न छुवाछूत गर्ने अपराधीहरुको मानसिकतालाई भत्काउन कुनै त्यस्तो कडा अभियान नै सन्चालन भयो न त राज्यबाट त्यस्तो कडा छुवाछूत गर्ने अपराधीलाई सजायको निर्देशन नै भयो । आज दशकौ सम्म यी दलित समुदाय सधैं छाउपडी बनी बस्न र बाच्न बिबस भए । आज ठाउँ ठाउँमा छाउघर भत्काउन लागेको देख्दा र भत्काउदा खुसी लागेको छ राज्यले चाहे गर्न नसक्ने र नगर्ने भन्ने हुदोरहेन छ छाउपडी जस्तै छुवाछूत हटाउन छुवाछूत र विभेद गर्नेहरुका मानसिकता भत्काउन यस्तै कडा निर्देशन र अभियान चाले के छुवाछूत अन्त्य हुदैन

आज सरकारलाइ प्रश्न सोध्न मनलागेको छ छाउपडी घर भत्काउन जस्तै छुवाछूतको मानसिकताको घर भत्काउन कहिले अभियान चाल्ने सरकारले ?

के छाउपडी भन्दा कम दर्दनाक र पीडा होर छुवाछूत र जातीय विभेद ?

सरु सुनार – थाहा अनलाइन सह – सम्पादक

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्