लमही महोत्सवमा प्रमोद खरेलले हंगामा मच्चाए,महोत्सव ३ दिन थप



ओमप्रकाश गुप्ता,लमही । चर्चित गायक प्रमोद खरेलले सोमबार लमही महोत्सवमा हंगामा मच्चाएका छन् । नेपाल भ्रमण वर्ष २०२० भन्ने मुल नाराका साथ लमही चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालित नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबर्द्धन व्यापारीक एवम् पर्यटन कृषि व्यापारीक महोत्सवमा गायक खरेलले अाफ्ना गित मार्फत दर्शकलाई झुमाउँदै हंगामा मच्चाएका छन् । ओई झुमा, झुमा झुम्कावाली, बोलको गीतबाट महोत्सवको मञ्चमा उत्रिएका खरेलले साँझ पर्नै लाग्दा समेत हंगामा भो कसम हंगामा भो, चल बतास चल लगायतका गित गाएर दर्शकलाई झुमाउँदै नचाएर हंगामा मच्चाएका थिए ।

महोत्सवमा प्रमोद खरेलको गीत सुन्न र रमाइलो गर्न आएकाहरूले लामो प्रतिक्षापछि साँझ करिब ५ बजेपछी मात्र प्रमोद खरेलको गीतसँग लमही महोत्सवमा मनोरञ्जन लिएका हुन् । जब प्रमोद खरेल ओई झुमा, झुमा झुम्कावाली, मञ्चमा उत्रिएका मात्र के थिए, महोत्सवमा खरेलको गीतमा रमाउनेहरूको कमी भएन । त्यसपछी हंगामा भो भन्दै गित गाउन थालेपछी त महोत्सवमा हंगामा मच्चियो ।

प्रमोदले नयाँ पुराना गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् । हजारौंको संख्यामा प्रमोद खरेलको गीत सुन्न र मनोरञ्जन गर्न यस क्षेत्रका स्थानियहरु महोत्सवमा आएका थिए । यस्तै स्थानीय कलाकारहरुले पनि आफ्नो रोचक प्रस्तुति प्रस्तुत गरेका थिए । खरेलका चर्चित तिमी विना कसै कसैलाई, तिमी विना एक्लै, ओई झुमा, झुमा झुम्कावाली, लगायतका गीत सुनेर केही नतमस्तक भएका थिए भने धेरैले ताली बजाउँदै रुमाल हल्लाउँदै खरेललाई साथ दिएका थिए ।

साँझ परिसक्दा समेत दर्शकहरूले वान्स मोर वान्स मोर भन्दै पुनः गीत गाउन खरेललाई आग्रह गरेका थिए । खरेल सँगै गायिका मञ्जु पाैडेल,उद्घोषक तथा गायक अनुप बुढा, सगरमाथा डान्स ग्रुप,कमल नारायणी ग्रुपले पनि भरपुर्ण मनोरञ्जन दिएका थिए । यसै बिच मंगलबार बाल गायिका कमला घिमिरे,हास्य कलाकार कमल गाउँले,गायक प्रेम शर्मा, गायिका मञ्जु पाैडेल,उद्घोषक तथा गायक अनुप बुढा, सगरमाथा डान्स ग्रुप,कमल नारायणी ग्रुपले मञ्च तताउने अायोजकले जानकारी दिएको छ । उता लमही महोत्सव ३ दिन थपिएको छ । दर्शक र व्यापारीहरूको माग बमोजिम महोत्सव थपिएको अायोजकले जानकारी दिएको छ । अव महोत्सव फागुन ८ गते समापन हुने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्