‘मिर्मिर कपालैमा’ लिएर आउनुभयो घोरासैनी



गायक नवराज घोरासैनीले झण्डै १० वर्षपछि आफूलाई ‘कमब्याक’ गराउनुभएको छ । गायक घोरासैनीले ‘मिर्मिर कपालैमा’ बोलको गीतसहित आफूलाई नेपाली गीत सङ्गीतमा कम्ब्याक गराउनुभएको हो । आफ्नै शब्द, स्वर र सङ्गीतमा उहाँले ‘मिर्मिर कपालैमा’ ल्याउनुभएको हो ।

‘मिर्मिर कपालैमा’ बोलको गीतमा घोरासैनीलाई गायिका अञ्जु पन्तले साथ दिनुभएको छ । गीत अत्यन्तै गलितो बनेको घोरासैनीले बताउनुभयो । “लामो समयको अन्तरालपछि ‘मिर्मिर कपालैमा’ ल्याएर आएको छु”, उहाँले भन्नुभयो, ‘गीत सङ्गीतबाट म हराएको छैन भन्ने सन्देश दिन पनि ‘मिर्मिर कपालैमा’ ल्याएको छु ।”

यसअघि घोरासैनीले ०५८ साल साउन महिनामा ‘घुम्तीनेर भेट भयो…’ बोलको गीत ल्याउनुभएको थियो । त्यसबेला यो गीत लोकप्रिय भएको थियो । उहाँले थुप्रै गीतहरूमा स्वर पनि दिनुभयो तर उहाँको ‘घुम्तीनेर भेट भयो’लाई अरु गीतले उछिन्न सकेन । उहाँले ‘घुम्तीनेर भेट भयो’ बोलको गीतकै मिठासमा ‘मिर्मिर कपालैमा’ गीत ल्याउनुभएको छ । काँठे भाकाको ‘मिर्मिर कपालैमा’लाई घोरासैनीले आफ्नै युट्युब च्यानलबाट रिलिज गर्नुभयो ।

गीतको म्युजिक भिडियोको निर्देशन शिव विकले गर्नुभएको छ । एसराज गराच र जेबिका कार्कीले भिडियोमा अभिनय गर्नुभएको छ । गीतको रेकर्डिङ मारुनी डिजिटल्समा गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्