शेरबहादुर’ को ‘कान्छी मट्याङ ट्याङ’ सार्वजनिक



सैघाली खबर,
काठमाडौं, २९ कात्तिक – आउँदो माघ १९ लाई प्रदर्शन मिति तोकेको सिनेमा शेरबहादुरको पहिलो गीत सार्वजनिक भएको छ । कोशिश क्षेत्रीको शब्द तथा संगीत रहेको ‘कान्छी मट्याङ ट्याङ’ मा मेनुका प्रधान, कर्मा र रबिन्द्र झालाई फिचर गरिएको छ ।


धिराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको सिनेमा ‘शेरबहादुर’ को ‘कान्छी मट्याङ ट्याङ’ मा गायिका मीना निरौला र कोशिश क्षेत्रीको स्वर रहेको छ । पुराना छायाँकार गौरीशंकर धुजुले धिराज राजवंशीसँगको सहकार्यमा निर्माण गरेको ‘शेरबहादुर’ लाई आर राजवंशीले निर्देशन गरेका हुन् । त्यस्तै निर्देशक प्रदीप भट्टराईले यसमा क्रियटिभ निर्देशकको रुपमा काम गरेका छन् । सिनेमामा मुख्य पात्रको रुपमा अभिनेता सुनिल थापा प्रस्तुत हुँदैछन् । त्यस्तै मेनुका प्रधान, रबिन्द्र झा, कर्मा शाक्य, जान्बी बोहोरा लगायतका कलाकार पनि शीर्ष भूमिकामा छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्