सुनको मुल्यमा वृद्धि, कसरी किनबेच हुदैछ



नेपाली बजारमा पछिल्लो समय सुनको मूल्यमा क्रमशः वृद्धि भएको छ । सोमवार ७६ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन मंगलवार २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार । छापावाल सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलवार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा काराबार भइरहेको छ । सोमवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्