चोरी गरिरहेको अवस्थामा २ जना पक्राउ



मध्यपुर थिमी नगरपालिका(२ सानोठिमी डेरा गरी बस्ने सिन्धुपाल्चोक साँगागढी घर भएका २० वर्षीया जुनु श्रेष्ठको कोठामा चोरी गरिरहेको अवस्थामा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ताप्लेजुङ चिडिउवा घर भई काठमाडौं बस्ने पुजन लिम्बु र काभ्रे घर भई काठमाडौं डल्लु बस्ने अनिल तामाङ रहेका छन् । महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई चोरी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

साथै लिम्बुको साथबाट छिनो १ थान र नगद ५ हजार ३ सय १५ रुपैयाँ तथा तामाङको साथबाट खुकुरी १ थान र नगद १५ हजार ५ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्