प्रधानमन्त्री देउवाको यस्तो निर्दैशन



सेैघाली खबर,
कैलाली, २९ कात्तिक–। प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावलाई शान्त र भयरहित बनाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
धनगढीमा सुरु भएको क्षेत्रीय सुरक्षा गोष्ठीमा प्रधानमन्त्री देउवाले मातहतका सुरक्षा निकायलाई यस्तो निर्देशन दिनुभएको हो । उहाँले उम्मेदवारको सुरक्षामा ध्यान दिन पनि सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ ।
केही समय यता उम्मेदवारमाथि सुरक्षा चुनौती बढेको भन्दै प्रधानमन्त्री देउवाले उम्मेदवारको सुरक्षामा विशेष ध्यान दिन उहाँले निर्देशन दिनुभएको हो ।
उम्मेदवारमाथि भएको आक्रमण चुनाव विरोधीको कायरता रहेको प्रधानमन्त्री देउवाको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्