मुख्य समाचार

प्रधानमन्त्री देउवाको यस्तो निर्दैशन

By थाहा अनलाइन

November 15, 2017

सेैघाली खबर, कैलाली, २९ कात्तिक–। प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावलाई शान्त र भयरहित बनाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । धनगढीमा सुरु भएको क्षेत्रीय सुरक्षा गोष्ठीमा प्रधानमन्त्री देउवाले मातहतका सुरक्षा निकायलाई यस्तो निर्देशन दिनुभएको हो । उहाँले उम्मेदवारको सुरक्षामा ध्यान दिन पनि सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । केही समय यता उम्मेदवारमाथि सुरक्षा चुनौती बढेको भन्दै प्रधानमन्त्री देउवाले उम्मेदवारको सुरक्षामा विशेष ध्यान दिन उहाँले निर्देशन दिनुभएको हो । उम्मेदवारमाथि भएको आक्रमण चुनाव विरोधीको कायरता रहेको प्रधानमन्त्री देउवाको भनाई छ ।