यी दिनमा शारीरिक सम्पर्क राख्दा यस्तो खतरा



काठमाडौं । व्रह्मवैवर्त पुराणको व्रह्म खण्ड २७-२९-३८ मा स्त्री पुरुषको मिलन हुने शुभ र अशुभ समयको बारेमा चर्चा गरिएको छ । पुराणमा स्‍त्री/पुरुष म‌िलनका लागि केहि दिन अशुभ भनेर उल्लेख गरिएको छ । ति दिनमा विवाहित जोडी वा प्रेमी प्रेमिकाबीच शारीरिक सम्बन्ध हुनु राम्रो मानिँदैन । उक्त दिनमा हुने शारीरिक मिलनले भविष्यमा नकारात्मक फल दिने वा अशुभ हुने कुरा पुराणमा उल्लेख गरिएको छ ।

यी दिनमा स्त्री/पुरुषको मिलन अशुभ हुन्छ ?

१. औंशीको दिनमा जोडीहरुको मिलन हुनु अशुभ मान्ने गरिन्छ । साथै औंशीको दिनमा शारिरक सम्बन्ध नभएको उत्तम हुने व्रह्मवैवर्तक पुराणमा उल्लेख छ ।

२. औंशी जस्तै पूर्णिमाको दिन पनि शारीरिक सम्बन्ध गर्नु अशुभ मानिएको छ ।

३. सक्रान्तिमा पनि जोडीहरुबीचको शारीरिक मिलन अशुभ मान्ने गरिन्छ । सक्रान्तिको दिनमा पति पत्नि वा प्रेमी प्रेमिकाबीचमा शारीरिक सम्पर्क नगर्दा नै राम्रो हुने ब्रह्मवैवर्तक पुराण उल्लेख छ।

४. प्रत्येक महिनामा चतुर्दशी र अष्टमी तिथिमा पनि शारीरिक मिलनका लागि अशुभ मानिएको छ । ति दिनमा शारीरिक सम्बन्ध नराख्नु उचित हुने पुराणमा उल्लेख छ।

५. साथै पुराणमा आइतवार समेत शारीरिक मिलनका लागि अशुभ मानिएको छ ।

६. श्राद्धको समय अर्थात पितृ पक्षमा पनि पुरुष र स्त्रीबीच शारीरिक मिलन नहुनु नै राम्रो हुने पुराणमा उल्लेख छ ।

७. पुराणले व्रत बसेको कुनै पनि समयमा स्त्री(पुरुषलाई सहवास गर्न तथा तिलको तेल खान र लगाउन निषेध गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्