लमहीमा कमला घिमिरेलाई हेर्न बच्चा देखि बुढा सम्म



ओमप्रकाश गुप्ता,लमही । चर्चित बाल दोहोरी गायिका कमला घिमिरेले मंगलबार लमही महोत्सवको माहोल तताएकी छिन् । नेपाल भ्रमण वर्ष २०२० भन्ने मुल नाराका साथ लमही चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालित नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबर्द्धन व्यापारीक एवम् पर्यटन कृषि व्यापारीक महोत्सवमा मंगलबार कमलाले मञ्च तताएकी हुन् ।

हरेक दिन बिहान ११ बजे देखि साँझ ६ बजेसम्म चल्ने महोत्सवमा दर्शकलाई मनोरञ्जन दिनका लागि मंगलबार बाल दोहोरी गायिका कमला घिमिरेको जिन्दगी,चौतारीको वर, चिया छानेको लगायतका प्रस्तुतिले महोत्सवको माहोल तताएकी हुन् ।
मंगलबार पनि दर्शकको भीड लागेको थियो । बाल लोक दोहोरी गायीका कमला घिमेरेको प्रस्तुति हेर्न गाउँगाउँदेखि दर्शक ओइरिएका थिए ।
युटुव देखि लोक दोहोरी कार्यक्रम ईन्द्रेणीको पर्दामा मात्र देखिएकी कमलालाई महोत्सवको स्टेजमा प्रत्यक्ष रुपमा हेर्न पाईने भएपछि मंगलबार दर्शकको आकर्षण बढेको हो ।

मध्यान्न तिर बुवा कल्याणप्रसाद घिमिरे सँग महोत्सव छिरेकी कमलाको पहिलो प्रस्तुति ट्रयाकमा जिन्दगी र त्यस पछि गायक प्रेम शर्मा सँगको चिया छानेको बोलीले हँसाउन कति जानेको ।।भन्ने बालेको दोहोरीमा कमलाको दमदार प्रस्तुतिले दर्शकलाई थप मनोरञ्जन दिएकी थिइन् ।
१२ वर्षकी कमलाले एक दर्जन बढी महोत्सवमा आफ्नो प्रस्तुती राखिसकेकी छिन् । यसै बिच हास्य कलाकार कमल गाउँले,गायक प्रेम शर्मा,उद्घोषक तथा गायक अनुप बुढा, सगरमाथा डान्स ग्रुप,कमल नारायणी ग्रुपले मञ्च तताएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्