सुुरक्षा व्यवस्था अत्यन्त मजबुत पारिएको छ ः प्रजिअ



सैघाली खबर,
घोराही, २९ कार्तिक ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्था अत्यन्त मजबुत पारिएको दाङ प्रशासनले जनाएको छ र्। प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले सुरक्षा व्यवस्था मजबुत पारिएको बताउनुभयो ।

सुरक्षा चुनौतीको बिश्लेशण गरि आबस्यक सुरक्षा तयारी र निगरानी बढाईएको उहाँको भनाई छ । उम्मेदवार, मतदाता सहित मतदान केन्द्रहरुलाई सुरक्षित बनाउने गरि सुरक्षा योजना लागु गरिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

 

उम्मेदवारमाथि पछिल्लो समय बढिरहेको आक्रमणका घटनालाई ध्यानमा राखेर गर्दै आफुहरुले सुक्ष्मरुपमा सुरक्षा टोली परिचालन गरिएको उहाँको भनाई छ । यस्ता कार्यमा संलग्नमाथी कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको भन्दै श्रेष्ठले त्रुटिरहित मतदान सम्पन्न गर्न सुरक्षा निकाय सक्षम रहेको समेत दावी गर्नुभएको छ ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्