बुधबारको मौसमः केही ठाउँमा पानी र हिमपातको सम्भावना



काठमाण्डौ ।बुधबार पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिन थालेकाले बुधबार पहाडी भेगमा बादल लाग्नुको साथै केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

अहिले काठमाण्डौ उपत्यकासहित मध्य र पश्चिमी पहाडमा हल्का बादल लागेको छ । बुधबार राति देशभर नै बादल लागेर पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा सामान्य हिमपातको समेत सम्भावना रहेको छ ।

यस्तै बिहीबार र शुक्रबार पनि देशभर बादल लागेर केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो । हिमाली पदयात्रामा निस्किएका पदायात्रीहरुले सचेत भएर यात्रा गर्न पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्