रौतहटमा मध्यराति गोली हानाहान, फरार अभियुक्त पक्राउ



काठमाडौं । रौतहटमा प्रहरीले गोली हानेर एकजनालाई पक्राउ गरेको छ ।प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका व्यक्ति तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मी (अभय सिंह) रहेका छन् ।

रौतहटको चन्द्रनिगाहपुर गजलसहियाबाट कुर्मीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।उनी रौतहट मौलापुरका भएको बताइएको छ ।उनलाई गएराति नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली चलाएको थियो ।
प्रहरीले चलाएको दुईवटा गोली उनको खुट्टामा लागेको थियो ।

उनको अहिले स्थानीय अस्पताल उपचार भइरहेको प्रहरी प्रवक्ता डीआईजी सैलेश थापाले जानकारी दिए । डीआईजी थापाका अनुसार कुर्मी फरार अभियुक्त हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्