विकास र समृद्धिका लागि काँग्रेसलाई भोटदिन गिरीको आग्रह



सन्तोष के सी,
तुलसीपुर २९ कार्तिक।

विकास र समृद्धिका लागि काँग्रेसलाई भोटदिन नेपाली काँग्रेस केन्द्रिय सदस्य दिपक गिरीले मतदाता संग आग्रह गरेकाछन ।
नेपाली काँग्रेस डुरुवा गाउँईकाई कमिटिले आज तुलसीपुर १५को डुरुवामा आयोजना गरेको चुनावि सभालाई सम्वोधनका क्रममा उनले त्यस्तो वताएकाहुन ।
लोकतन्त्रको रक्षा प्रजातान्त्रीक समाजवाद र दिगो शान्तिका लागि मुलुकमा काँग्रेसको नेतृत्व आवश्यक रहेको औल्याउदै विकास र समृद्धिका लागि काँग्रेसलाई मतदान गर्न मतदाताहरुलाई आग्रह गरेकाहुन ।

दाङ निर्वाचन क्षेत्रनं ३ वाट प्रतिनिधि सभा सदस्यका लागि उमेद्धारी दिएका दिपक गिरीले अपिवित्र वामगठवन्धनका विरुद्धमा आफनो उम्मेद्धारी रहेको भन्दै राष्ट्रियता ,नागरीकको मौलिक अधिकार प्राप्तीका लागि राजनिति गरेका काँग्रेसका उम्मेद्धारलाई जिताउन कार्यकर्ताको काँधमा ठुलो जिम्मेवारी आएको वताए ।
९महिना सिचाई मन्त्रि वनेका काँग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले दाङलाई प्रादेशिक राजधानि वनाउनका लागि पनि काँग्रेसलाई यसपटक को निर्वाचनमा विजयी वनाउन आम मतदाताहरुलाई आग्रह गरे ।

कार्यक्रममा श्रमराज्य मन्त्रि डिल्ली वहादुर चौधरीले झुटटा नारादिएर जन्ता झुक्याउने अपिवित्र वाम गठवन्धलाई परास्त गर्न आम मतदाताहरुलाई आग्रह गर्दै विकास र समृद्धिका लागि काँग्रेसलाई जिताउन आग्रह गरे ।

महादिवेशन प्रतिनिधि एवं समानुपातिक उमेद्धार शंकर गिरीले नेकपा एमालेले नेकपा माओवादी संग अपिवित्र वामगठवन्धन गरी मदन भण्डारीको वहुदलिय जनवादको धज्जि उडाई तानासाहि साम्यवादमा गएको भन्दै गठवन्धनको ६०प्रतिशत हिस्सा लिने एमालेले जनयुद्धका वेला मरेका १७हजार नागरीकको जिम्मेवारी पनि लिनुपर्ने वताए ।
उनले अपिवित्र गठवन्धनले जिते देशमा अर्को निर्वाचन हुन नसक्ने भन्दै आफनो स्वतन्त्रता र राष्ट्रिय स्वाभीमानका लागि पनी एक पटक आम नेपालीले सोंचनुपर्ने वेला आएको वताए ।

मुलुकका हरेक परिवर्तनमा नेतृत्व लिएको काँग्रेसले यसपटक को निर्वाचन पनि सान्दार तरिकाले जित्ने दावी गरे।कार्यक्रममा जिल्ला सचिव टेकवहादुर वलीले कम्युनिष्टलाई जिताएर नागरीकले कहिलै स्वतन्त्रता पाउन नसक्ने भन्दै स्थानिय तहमा नेकपा एमालेलाई जिताएर करकोभारि वोकाएका कम्युनिष्टहरुले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन जिते तानासाहि व्यवस्थाल्याउने वताए ।

तानासाहि प्रवृतिको अन्त्य प्रजातन्त्रमा विकसीत समाजवाद निर्माणका लागि आम नपाली एक ढिक्काभएर काँग्रेसलाई जिताउन आम नेपाली लाग्नुपर्ने वताए ।डूरुवा ईकाई सभापति शंकर खडकाको सभापतित्व एवं पुर्वसिचाई मन्त्रि तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिपक गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्वाचन क्षेत्रनं ३का चुनाव प्रचार प्रसार समितिका संयोजक जगत खडका लगाएतले वोलेकाथिए ।

ईकाई सदस्य रेखा वस्नेतको स्वागत मन्तव्य वाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव धनिराम चौधरीले गरेकाथिए ।
चुनावी सभापछि काँग्रेसले डुरुवा भोजपुर गोठवा लगाएतका स्थानमा घरदैलो कार्यक्रम समेत गरेको थियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्