महान दार्शनिक अरस्तुका १३ उत्कृष्ट भनाई, जसले जीवन परिवर्तत गरिदिन्छ



अरस्तु ( ३८४ ईपू ( ३२२ ईपू ) युनानी दार्शनिक थिए । उनी महान दार्शनिक प्लेटोका शिष्य थिए भने विश्वविजेता सिकन्दर (एलेक्जेन्डर) का गुरु थिए ।
उनको जन्म स्टेगेरिया नामक गाउँमा भएको थियो । अरस्तुले भौतिकी, आध्यात्म, कविता, नाटक, संगीत, तर्कशास्त्र, रानीति शास्त्र, नीतिशास्त्र र जीव विज्ञान सहित केहि विषयमा बिभिन्न रचना गरेका थिए ।

उनले आफ्ना गुरु प्लेटोका बाँकि कामहरु अगाडि बढाएका थिए । शुकरात, प्लेटो र अरस्तुलाई पश्चिमी दर्शनशास्त्रका सबैभन्दा महान दार्शनिक मान्ने गरिन्छ ।

महान दार्शनिक अरस्तुका १३ अनमोल विचार

. मानिसले प्राकृतिक रुपबाट ज्ञानको इच्छा राख्दछ ।

२. भुक्तान कार्यले दिमागलाई अयोग्य बनाउँदछ ।

. डर नराम्रो कामबाट उत्पन्न हुने दर्द हो ।

. मानिसका सबै काम सात मध्ये कुनै एक कारणले हुन्छ, मौका, प्रकृति, बाध्यता, लत, कारण, घमण्ड र इच्छा ।

. कोहि पनि व्यक्ति त्यो सँग प्रेम गर्दैन, जो सँग उ डराउँछ ।

. राम्रो व्यवहार नै सबै गुणको सार हो ।

७. नराम्रो मानिस पश्चतापले भरिएको हुन्छ ।

८. कोहि पनि क्रोधित बन्न सक्छ, यो सजिलो छ, तर सहि व्यक्ति सहि सिमामा रहेर सहि उद्देश्यका साथ सहि तरिकाबाट क्रोधित हुन सबैको बसमा छैन र सजिलो पनि छैन ।

. मानिस आफ्नो सबैभन्दा राम्रो रुपमा सबै जीवमा सबैभन्दा उदार हुन्छ, तर कानून र न्याय नहुने हो भने सबैभन्दा खराब बन्दछ ।

१०. संकोच युवाहरुका लागि एक आभूषण हो, तर वृद्ध मानिसका लागि धिक्कार हो ।

११. जो सबैको मित्र हुन्छ, उ कसैको मित्र हुँदैन ।

१२. चरित्रलाई हामी आफ्नो कुरा मनाउँने सबैभन्दा प्रभावशाली माध्याम मान्न सक्दछौँ ।

१३. लोकतन्त्र तब मात्र हुन्छ जब गरिब नभएर धनाड्य शाशक हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्