दादुरा रुबेला खोप अभियान सञ्चालन अभिमुखिकरण एवम योजना गोष्ठी सुरु




उत्तम कुमार थापा,बझाङ
स्वास्थ्य कार्यालय बझाङद्वारा दादुरा रुबेला खोप अभियान सञ्चालनका लागि अभिमुखिकरण गोष्ठी सञ्चालन भएको छ । सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा रहेको स्वास्थ्य कार्यालय बझाङले विभिन्न स्थानीय तहमा रहेका स्वास्थ शाखा प्रमुखहरुलाई बोलाई २ दिने अभिमुखिकरण गोष्ठीको आयोजना गरेको हो ।

स्वास्थ्य कार्यालय बझाङको सभाहलमा सुरुभएको दुई दिने कार्यक्रममा स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीको अध्यक्षतामा सुरुभएको कार्यक्रमका प्रमुख अतिथि सामाजिक बिकास कार्यालय स्वास्थ्य निर्देशनालय रा.जनस्वास्थ्य अधिकृत ओम प्रकाश जोशी बिशिस्ट अतिथि जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर सन्दिप ओखेडा रहनुभएको थियो ।

अभिमुखिकरण कार्यक्रममा जिल्लामा रहेका सबै स्थानीयतहका स्वास्थ्य शाखा प्रमुखहरुको उल्लेख्य उपस्थिति रहेको थियो स्वास्थ्य कार्यालय बझाङले आयोजना गरेको गोष्ठी फागुन ७ गते सुरुभएको थियो भने ११ गते सम्पन्न हुने स्वास्थ्य प्रमुख भानुभक्त जोशीले बताए । प्रमुख जोशीले भने दादुरा रुबेला सम्वन्धी अभियान दुई चरणमा सञ्चालन गरिने र प्रत्येक तहले ९५ प्रतिशत भन्दा माथि कभरेज गर्नुपर्ने भन्दै सबै तहलाई सहयोग,समन्वय र सहकार्य गरेर अगाडि बढ्न आग्रह गरेका हुन । सुचना समाचार पत्रपत्रिका बाट प्रचारप्रसार गरिने जनाएको छ ।

बझाङ जिल्लामा दादुरा रुबेला सम्वन्धि योजना गोष्ठीले पहिलो चरणमा चैत्र १ गते देखि ९ गते सम्म सञ्चालन हुने स्थान भने,जयपृथ्वी नगरपालिका ,बुङ्गल नगरपालिका ,थलारा गाउँपालीका,वित्थड गाउँपालीका ,केदारस्यु गाउँपालीका,मष्टा गाउँपालीकामा पहिलो चरणमा कार्यक्रम सञ्चालन हुने भएको छ । दोस्रो चरणमा चैत्र २०७६ चैत्र १५ गते देखि २०७६ चैत्र २२ गते सम्म सुर्मा गाउँपालीका,साईपाल गाउँपालीका,तलकोट गाउँपालीका,खप्तड छान्ना गाउँपालीका,छविसपाथिभेरा गाउँपालीका,दुर्गाथली गाउँपालीकामा दादुरा रुबेला बिरुद्धको अभियान सम्वन्धि कार्यक्रम सुरुहुने भएको छ ।

पहिलो चरणमा १ गतेदेखि ९ गतेसम्म दोस्रो चरणमा १५ देखि २३ गते सम्म सम्पन्न गरिसक्नुपर्ने भन्दै दादुरा रुबेला सम्वन्धि खोप भने,नौ महिना देखि पाच बर्ष मुनिका बालबालिकालाई लगाउने स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जोशीले बताए । जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रममा कार्यक्रम सुपरभाइजर दिल्लीरमण जोशीले कार्यक्रम बारे बताए । सबै जनसमुदायलाई आआफ्नो स्थान बाट सहयोग गर्न अनुरोध गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्