सल्यानका शिक्षक तास बोकेरै स्कुल




शंकर के सी 
सल्यान, २९ कार्तिक । शिक्षकहरु तास बोकेर स्कुल जान्छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।त्यतिमात्र होईन विद्यार्थी र शिक्षक पनि एक ठाउँमा भेला भएर जब तासका पत्ति नियाल्न थाल्छन् तब सबै जना खुशीले रमाउछन् । बिद्यालय गएका दार्मा र कुमाख मालिका गाउँपालिकाका शिक्षक विद्यार्थी बिच हुने खेलभने जुवा हैन । शिक्षकहरुले बजारमा शैक्षिक सामग्री महँगो हुन थालेपछि स्थानिय रुपमा पाइने स्रोत सामग्रीलाई प्रयोगमा ल्याएका मात्र हुन ।आधारभूत विद्यालयक शिक्षिका मोहन कुमारी चन्दले कक्षाकोठामा तास देखाउँदै स साना बालवालिकालाइ सिकाउँदै थिइन् । उनले भनिन्–‘तासको प्रत्येक पत्तिको भित्री भागमा सेतो पेपरले ढाकेर त्यसमा अक्षरहरु लेखेर शैक्षिक सामग्रीको रुपमा प्रयोग गरेकी छु उनले भनिन् । यसले बालबालिकाले रमाइलो संग अक्षर चिन्न सक्ने क्षमताको विकास भएको उनको भनाई छ । शिक्षकले पाठयोजना नै निर्माण नगरी खाली कक्षा कोठामा गई पाठ भट्याउँदा विद्यार्थीको सिकाइ उपलब्व्धि गुमेको भन्दै दलित विकास समाजको एकिकृत परियोजना अन्तर्गत शिक्षा कार्यक्रमले नयाँ विधि प्रयोग गरी विद्यार्थीको सिक्न पाउने अधिकार सुनिश्चित प्रदान गरेको शाहको भनाई छ ।

स्थानीयरुपमा भएका शैक्षिक सामग्री प्रयोग गरी शिक्षण गर्दा विद्यार्थीको सिकाइ पनि दिगो हुने शिक्षकहरुले बताउने गरेका छन् । सोहि विद्यालयका प्रधानाध्यापक रमेश कुमार रोकायले शिक्षण गर्ने कला र आवश्यक विधिको अभावमा शैक्षिक अवस्था कमजोर बन्दै गएको भन्दै विद्यार्थीलाई विद्यालयमा उपस्थित गराउन र आवश्यक ज्ञान आर्जन गराउ शैक्षिक सामग्रीको प्रयोगको विधि शिक्षकले जान्नै पर्ने बताउनुभयो ।यस्तै कुमाखमालिका गाउँपालिका वडा नम्बर ७ मा रहेको महेन्द्र माविका प्रावि शिक्षक हेमराज केसीले पनि गाउँमै पाइने सामग्रीहरुलाइ शैक्षिक सामग्रीको रुपमा प्रयोग गरेर पढाउने गरेका छन् । ‘मैले पनि तासलाइ शैक्षिक सामग्रीको रुपमा प्रयोग गर्नेगर्छु,’ उनले भने– ‘तोरिको बारेमा विद्यार्थीलाइ पढाउनु छ भने बारिबाट तोरिको बोट लिएरै कक्षामा जान्छु, शैक्षिक सामग्री बनाउने विधि तथा महत्वको बारेमा सेभ द चिल्डे«नको सहयोगमा दलित विकास समाज सल्यानले हामीलाइ सिकाएको हो । भने  सीप नभएका कारण शैक्षिक सामग्रीहरुको अभाव देखाउने शिक्षकहरुले हिजोआज आफैले समग्री निर्माण गर्ने सिप सिकेका छन् । बाल मैत्री शिक्षण सिकाइका लागि शैक्षिक सामग्रीको अभाव हुन नदिने प्रतिवद्धता शिक्षक केसीले जनाए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्