पूर्वी रुकुमको चुनावी माहोल–‘कतै घरदैलो कतै आमसभा’




गणेश ओली
रुकुम (पूर्व) २९ कार्तिक । स्थानीय तहको निर्वाचनमा माओवादीद्धारा सम्पूर्ण गाउँपालिका जितेको पूर्वी रुकुममा बामपन्थिहरुले प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनका लागि आक्रामक रुपमा प्रचार प्रसार गरिरहेका छन् । नेपाली काँग्रेस नयाँ शक्ति नेपाल लगाएतका दलको उम्मेदवारी रहेपनि बामपन्थिका साझा उम्मेदवारहरु कमला रोका, तेजबहादुर ओली र पूर्णबहादुर घर्तिको प्रचार शैली आक्रामक देखिएको छ । अन्य दलहरुले पनि प्रचार प्रसार गरे पनि ठूला सभा गर्न सकेका छैनन् । पूर्वी रुकुममा प्रतिनिधी सभामा बामपन्थिका साझा उम्मेद्वार, नेपाली काँग्रेस र नयाँ शक्तिका उम्मेदवार विच प्रतिष्पर्धा देखिएको छ । तर माओवादीको आधार ईलाका सो क्षेत्रमा कमला रोकाको विजय सुनिश्चित जस्तै रहेको स्थानीय बुद्धिजीवी तथा अगुवाहरुको विश्लेषण छ ।
पूर्वी रुकुममा आउँदो मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि एमाले र माओवादीका तर्फवाट साझा प्रचार प्रसार टिम बनाएर बिभिन्न शैलीमा प्रचार गरिरहेको एमाले नेता टोपबहादुर ओलीले जानकारी दिनुभयो ।

प्रदेश सभा क्षेत्र नंं १ अन्तर्गत भुमेको महत, धर्मशाला, सिमा, काक्री, लुकुम, पुथा उत्तरगंगाको कोल, राङसी, तकसेरा, ओख्मा, मयाङ, हुकाममैकोट, रन्मा, अर्जल, खाराबाङ, जाङ, चारगाउँ गरि ११ वटा स्थामा चुनावी सभा सम्पन्न भएको सोहि क्षेत्रका प्रदेश सभा उम्मेद्वार तेजबहादुर ओलीले जानकारी दिनुभयो । सभालाई माओवादी नेताहरु गणेशमान पुन, प्रदेश सभा प्रत्यक्ष तर्फकी उम्मेद्वार कमला रोका, प्रदेश सभाका उम्मेदवार तेजबहादुर ओली, एमाले नेताहरु खेममान खड्का, नन्दलाल शर्मा, देवी ओली, टोपबहादुर ओली लगाएतले सम्बोधन गरिरहनुभएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्