मतदातालाई खरिद गर्न खोजिदैछ अपार



सैघाली खबर
दाङ २९ कार्तिक ।
बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नंं. ३ को १ का प्रदेश सभा सदस्यका उम्मेदवार जग प्रसाद शर्मा ‘अपार’ले देशमा अस्थिरता पैदा गर्न चहाने शक्तिहरुले षड्यन्त्र गरिरहेको बताएको बताउनु भएको छ । क्षेत्र नं. ३ तुलसीपुरमा भएका बिभिन्न चुनाबी सभालाई सम्बोधन गर्दै उहाँले यथास्थितबादी पार्टीहरुले अहिले मतदातालाई लोभलालच देखाएर खरिद बिक्रि गर्न खोजिरहेको आरोप लगाउनुभयो । तुलसीपुर उपमहानगरपालिका ९ बेलुवामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै अपारले ‘ परिबर्तन नचहाने शक्तिले जनतालाई भेडा बाख्रा सम्झेर खरिद बिक्रि गर्न खोजिरहेको वताउनुभयो । यसमा जनतालाई सचेत रहन आग्रह गर्छु ।’ अहिले बामगठबन्धनले समृद्धिका एजेण्डा ल्याएर आउँदा काग्रेस तर्सेको बताउँदै चुनाबमा हार्ने निश्चित भएपछि जनतालाई खरिद बिक्रि गर्न खोजिरहेको उहाँको भनाइ छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्