समाचार

मतदातालाई खरिद गर्न खोजिदैछ अपार

By थाहा अनलाइन

November 15, 2017

सैघाली खबर दाङ २९ कार्तिक । बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नंं. ३ को १ का प्रदेश सभा सदस्यका उम्मेदवार जग प्रसाद शर्मा ‘अपार’ले देशमा अस्थिरता पैदा गर्न चहाने शक्तिहरुले षड्यन्त्र गरिरहेको बताएको बताउनु भएको छ । क्षेत्र नं. ३ तुलसीपुरमा भएका बिभिन्न चुनाबी सभालाई सम्बोधन गर्दै उहाँले यथास्थितबादी पार्टीहरुले अहिले मतदातालाई लोभलालच देखाएर खरिद बिक्रि गर्न खोजिरहेको आरोप लगाउनुभयो । तुलसीपुर उपमहानगरपालिका ९ बेलुवामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै अपारले ‘ परिबर्तन नचहाने शक्तिले जनतालाई भेडा बाख्रा सम्झेर खरिद बिक्रि गर्न खोजिरहेको वताउनुभयो । यसमा जनतालाई सचेत रहन आग्रह गर्छु ।’ अहिले बामगठबन्धनले समृद्धिका एजेण्डा ल्याएर आउँदा काग्रेस तर्सेको बताउँदै चुनाबमा हार्ने निश्चित भएपछि जनतालाई खरिद बिक्रि गर्न खोजिरहेको उहाँको भनाइ छ ।