लमही पर्यटन कृषि तथा व्यापारीक महोत्सव सम्पन्न

उदेश्य अनुरूप महोत्सव सम्पन्न भएको छ : नगर प्रमुख केसी


ओमप्रकाश गुप्ता,सिसहनियाँ ।दाङ्ग देउखुरीको लमहीमा सञ्चालित व्यापारीक एवम् पर्यटन कृषि व्यापारीक महोत्सव २०७६ समापन भएको छ । घुम्न जाऔँ देउखुरी सफल बनाऔँ भ्रमण वर्ष २०२० भन्ने मुल नाराका साथ लमही चेम्बर अफ कमर्शको आयोजनामा महोत्सव सञ्चालन भएको थियो ।

भ्रमण वर्ष २०२० लाई विशेष टेवा पु¥याउने तथा देउखुरीको छुट्टै पहिचान र स्थानीय ब्यापार प्रवर्द्धनमा बिकास गर्ने, सम्पुर्ण देउखुरी क्षेत्रमा रहेका धार्मिक ऐतिहासिक एवं पुरातात्विक बस्तु तथा स्थानहरूको प्रचार प्रसारमा सहयोग पुय्राउने, स्थानीय कलाकार खोजी गर्ने, स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्ने, कृषि घरेलु उद्यम परम्परागत पेशा ब्यवसायको प्रवर्धन गर्दै प्रचार प्रसार गर्ने तथा स्थानीय कला संस्कृतिको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ महोत्सव सञ्चालन भएको थियोे ।

कमर्सका अध्यक्ष अजय न्यौपानेको अध्यक्षता एवम् लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख केसीले उदेश्य अनुसार सानदार तरिकाले मेला सम्पन्न गरेको बताए साथै उनले महोत्सवबाट नयाँ सिकाई भएको बताए उनले पहिला पहिलाका महोत्सवले उदेश्य अनुसार काम नगरेको र आम्दानी खर्च गुमगाममा राखेकोले यस महोत्सवले आम्दानी खर्च विवरण पारदर्शी राख्न सुझाव दिएका छन् ।

लमही नगरपालिकाका प्रवक्ता तथा ५ नम्बर वडा अध्यक्ष विमबहादुर केसी , राप्रपाका गोरकबहादुर केसी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष लिला शाह,पत्रकार राधेश्याम गुप्ता,दाङ चेम्बर अफ कमर्शका श्रीधर महरा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसै बिच झाकीमा प्रथम,दोस्रो ,तेस्रो र सान्त्वना हुने समुहलाई नगद सहित पुरस्कार प्रदान गरिएको थियोे भने सञ्चार क्षेत्रमा रहेर योगदान पुर्‍याएको भन्दै पत्रकार ओमप्रकाश गुप्ता सहितका पत्रकारहरूलाई कदरपत्र सहित सम्मान गरिएको थियोे । भने प्रायोजक र सहयोगी संघ संस्थालाई पनि सम्मान गरिएको थियोे । कार्यक्रमको सञ्चालन कमर्सका महासचिव केशवराज अधिकारीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्